Logo
८ बैशाख २०८१, शनिबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइप्रसमा आत्महत्या गरेकी भनिएकी अञ्जु जिउँदै रहेको खुलासा !

काठमाडौं । रोजगारीकै लागि साइप्रस पुगेकी रामेछाप जिल्ला निवास अञ्जु सुनुवारले आत्महत्या गरेको भनेर आएको समाचारमा सत्यता नरहेको परिवारजनले जनाएको छ ।  सो समाचारले परिवारमा तनाव भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका हुन । 
अञ्जु सुनुवारका भाइ विजय सुनुवारले आफ्नी दिदी साइप्रसमा रोजगारीका लागि नगएको दाबी गरे । ‘उहाँ (अञ्जु) दुबईमा बिगत दुई वर्षदेखि रोजगारीमा हुनुहुन्छ,  उहाँले आत्महत्या गरेको कुरा सबै झुठो हो,  उनले भने । 
दिदी अञ्जुले आत्महत्या गरेको भनेर कसले र किन समाचार दियो होला भनेर अचम्म मान्दै भ्रमक समाचार लेख्नेविरुद्ध उजुरी दिने चेतावनी दिए । उनले भने ‘‘मेरो जिउँदो दिदीलाई आत्महत्या गरेको भनेर समाचार दिनेहरूविरुद्ध उजुरी दिन्छु, कानुनी उपचार खोज्छु ।
बाबु कृष्णबहादुर सुनुवार र आमा मैया सुनुवारकी छोरी अञ्जुले साइप्रसमा अघिल्ले शनिबार आत्महत्या गरेको समाचार आएको थियो । 
तर, सो समाचार गलत रहेको विजय सुनुवारले बताए ।  ‘मेरो दिदी दुबइमा जीवित हुनुहुन्छ’, विजयले ने  ‘विश्वास लाग्दैन भने फोनमा कुरा गराउन सक्छु ।
झापाको निशान राई भन्नेसँग आफ्नी दिदीको कुनै सम्बन्ध नरहेको विजयले दाबी गरेका छन ।  साइप्रसमा अञ्जु सुनुवारले निशान राईसँगको फेसबुकपछिको मायापिरतीका कारण साइप्रसमा आत्महत्या गरेको भन्दै एक अनालाइनले त्यहाँ स्थित एक जनाको बाइलानमा समाचार सम्प्रेसन गरेको थियो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साइप्रसका अध्यक्ष सुवास मल्ल र राजमाया सुनुवारको पनि हावाला दियएको थियो । 

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्