Logo
१३ बैशाख २०८१, बिहीबार
(May 19, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सञ्चारमन्त्री भन्छन- ‘बजेटमार्फत पत्रकारका माग सम्बोधन गरिने छ’

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बजेटमार्फत पत्रकारका अधिकांश माग सम्बोधन गरिने बताएका छन् । प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको उद्घाटनसत्रमा शुभकामना मन्तव्य दिँदै मन्त्री राईले बजेटले पत्रकारका धेरै माग सम्बोधन हुने विश्वास दिलाए। 
‘आगामी बजेटमा केही नयाँ कुरा ल्याउन लागिएको छ । त्यसबाट तपार्इंहरुको धेरै माग सम्बोधन हुन्छ,’ उनले भने । सञ्चारमन्त्री राईले आमसञ्चार नीतिको आन्तरिक मस्यौदा तयार पारिएको समेत जानकारी दिए । ‘श्रमजीवी पत्रकार ऐनलाई व्यवहारमा उतार्ने सिलसिलामा सरकार न्यूनतम पारिश्रमिक लागू गर्न अगाडि बढिरहेको छ’  उनले भने। 
सरकारका प्रवक्तासमेत रहेका मन्त्री राईले संविधानको पुनर्लेखनको कुरा डरलाग्दो भएको बताउँदै पुनर्लेखनलाई स्वीकार गर्न नसकिने धारणा राखे । उनले मधेसी मोर्चाका मागलाई अधिकतम लचकताका साथ सम्बोधन गर्न सरकार तयार रहेको बताए । 
सञ्चारमन्त्री राईले सरकार नीति तथा कार्यक्रम पारित गरेर मुलुक निर्माणको अभियानमा लागिसकेको बताउँदै भने, ‘सरकार मुलुकको निर्माणमा अगाडि बढेको छ। अब पछाडि फर्कंदैन ।’

प्रकाशित मिति: May 19, 2016

प्रतिक्रिया दिनुहोस्