Logo
७ बैशाख २०८१, शुक्रबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालिकोटमा अविरल वर्षाका कारण ३ जनाको मृत्यु, कयौं बेपत्ता

पुष्पराज भट्टराइ,  कालिकोट । बिहिबार साझ ४ बजेदेखि परेको अविरल वर्षाका कारण जिल्लाको कोटवाडा गाविसमा पर्ने गेजबजार र लालिघाट बजारमा आएको बाढीले मानवीय क्षतिका साथै करोर्डौ धनमालको क्षति गरेको छ ।  गए राति आएको भिषण बर्षात संगै कोटबाडाको खहरे खोलामा आएको बाढिले गेज बजारका ५० बढि पसहलहरु बगाएको छ भने ४ जना बेपत्ता ३ जनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा स्युना गाबिस २ वर्ष ५० की धनमति टमट्टा, स्यूना ५ का वर्ष ३० का हिरा तिरुवा, धौलागोह गाबिस ९ की २५ बर्षिया लक्षु भण्डारीको मृत्यु भएको पुष्टि भएको छ त्यस्तै घटनामा बेपत्ता हुनेहरुमा स्यूना २ का वर्ष ५० सन्जिते टमट्टा थिर्पु ५ की टक्क बंमका छोरी वर्ष ६ की श्रीष्टा बंम, रकु २ का वर्ष ५० का मनि सुबेदि , बाजुरा गोत्रि १ का अज सार्कीका ४ महीनाका छोरा बेपत्ता रहेको जनाइएको छ । 
बाढिले दर्जनौ घाईते भएका छन । घाईतेको जिल्ला अस्पताल कालिकोटमा उपचार हुदै छ । विगत लामो समयदेखि खडेरी परीरहेका बेला एक्कासी आएको भारि वर्षाले क्षति पु¥याएको छ ।  घटनामा प्रहरी रातिनै पुगेको छ । कर्णाली करिडोरको प्रमुख ब्यपारि केन्द्र लालिघाट स्थित गेजबजारमा आएको बाढिले के कति क्षेति गर्यो भन्ने अझै एकिन हुन सकेको छैन । अहिले सम्म अन्दाजि ५० करोड भन्दा माथि क्षति भएको छ ।
कालिकोटका तिस वटै गाबिस, छिमेकी जिल्ला बाजुरा मुगु हुम्ला, र अछाम बाट समेत ब्यपार ब्यवसाय गर्न त्यहाँ हाटबजारमा मानिसहरु आउने भएकाले त्यहाँ बास बसेकाहरु घटनामा परेको हुन सक्ने स्थानिय ब्यपारी हंस शाहीले जानकारि दिनु भयो । बाढिले करोडौको धनमाल क्षति भएको छ । 
नेपाली सेना प्रहरी र स्थानिय रेडक्रस कर्मीहरु उद्धारमा खटिएका छन । एक हप्ता अघि कालिकोट र दैलेख जिल्लाको सिमा क्षेत्र दैखोलामा आएको बाढिले दुईजनाको मृत्यु र दर्जनौ घर टहरा बगाएको थियो फेरि कालिकोटको कोटबाडा गाबिसको लालिघाट स्थित गेजबजारमा आएको बाढिले ठुलोे जनधनको क्षेति गरेको छ ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्