Logo
१५ बैशाख २०८१, शनिबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ र मोदीको ४० मिनेट भेटवार्ता भने पछि छक्क !

काठमाण्डौ । उपचार भन्दै भारतको नयाँ दिल्ली गएका तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच भेटवार्ता भएको खबरले भारतीय परराष्ट्र मन्त्रालय र नेपाल स्थित भारतीय राजदुताबासले आपत्ती जनाएको छ ।
केहि संचारमाध्यमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबिच ४० मिनेट भेटवार्ता भएको जनाए पछि भारतीय परराष्ट्र मन्त्रालय र नेपाल स्थित भारतीय राजदुताबासले अनौपचारिकरुपमा समाचारको खण्डन गरेको हो ।
भारत स्थित मध्यप्रदेशको उजैनमा आयोजित सिंहस्थ कुभ्भमेलामा गएको बेला अनौपचारिकरुपमा मोदी र महन्थको कार्यक्रम स्थलमा हात मिलाएर १ ,२ मिनेट सन्चो बिसन्चो सोध्नेकाम भयो तर राजनैतिक कुरा केहि भएन उच्च समाचार स्रोतले भन्यो ।
 उप्त कार्यक्रममा मोदी जी श्रीलङ्काका राष्ट्रपतिसगँ खाना खाने कार्यक्रम सकेर एकाएक आसामको निर्वाचन तर्फ लाग्नु भएको हो तर महन्थ जीसगँ लामो कुराकानी भएको समाचार बिभिन्न सन्चार माध्यममा आए  पछि हामी छक्क पर्यौ । औपचारीकरुपमा हामीलाई केहि जानकारी छैन् भारतीय परराष्ट्र मन्त्रालय र नेपाल स्थित भारतीय राजदुताबास स्रोतले भन्यो ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल भारत सम्बन्ध, मधेसमा जारी आन्दोलन लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले बताएका थिए ।
भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल भारत सम्बन्ध, मधेसमा जारी आन्दोलन लगायतका विषयमा करिब ४० मिनेट कुराकानी भएको बताइएको थियो । सोनलका अनुसार भेटवार्तामा भारतीय प्रधानमन्त्रीले नेपाल र मधेसको आन्दोलनप्रति आफ्नो सद्भाव ब्यक्त गर्दै नेपालमा राजनीतिक स्थायीत्व कायम गरेर विकासको बाटोमा अघि बढाउनु पर्ने आवश्यकता औल्याएको थियो ।
चार दिन अघि भएको भेटवार्तामा मोदीले आफूले भारत भ्रमणको बेला नेपालका प्रधानमन्त्री केपी ओलीसँग पनि मधेसको समस्या र नेपालको विकासको विषयमा कुराकानी गरेको बताउँदै संविधानमा मधेसीहरुको समेत अपनत्व हुने गरी मागहरु संबोधन गर्नु पर्ने पक्षमा आफूहरु रहेको स्पष्ट पारेको भन्दै मोदीको हवला दिएको थियो ।
मोदीले बार्ताको विकल्प नरहेको भन्दै कतै न कतै नेगोसिएसन गरेर दलहरुवीच कुराकानी गरी सहमति जुटाउनु पर्ने सुझाव दिएको समेत महन्थ पक्षको दावी थियो । ठाकुरले आफूहरु अहिले पनि विभिन्न पक्षसँग मिलेर आन्दोलनमा रहेको जानकारी दिदैँ आफुहरु बार्ताकोलागि तयार भएपनि सरकार त्यती सकारात्मक नभएको गुनासो पाखेको बताइएको थियो ।
जवाफमा कतै नै कतै तपाईहरुले नेगोसिएसन गर्नै पर्छ समेत मोदीले भने भनिएको थियो  बार्ता थाल्नुस् र त्यसैबाट समाधान खोज्नुस् समेत भने भन्दै नेपालका सन्चार माधयमलाई भनिएको थियो । बार्ताबाट समाधान खोजेर नेपाललाई विकासको बाटोमा अघि बढाउनु पर्ने मोदीले बताएका थिए भनि प्रचार गरिएको थियो । 

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्