Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

व्यापारी अपहरण प्रकरणमा २ प्रहरीसहित ४ जना जेल तिर


वीरगन्ज । व्यापारी अपहरण गर्ने दुई प्रहरीसहित चारजना जेल जाकिएको खबर छ ।  व्यापारी अपहरणको अभियोगमा पक्राउ परेका दुई प्रहरी जवानसहित चारजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको छ ।
वीरगन्ज उपमहानगरपालिका–१९ निवासी राजेशकुमार साह कानुलाई अपहरण गरी चार लाख रुपैयाँ फिरौती लिएको अभियोगमा पक्राउ परेका वीरगन्ज–१८ निवासी प्रहरी जवान अरविन्द सिंह, प्रहरी जवान विनय सिंह, दीपक सिंह र वीरगन्ज–१४ निवासी भगवान् सिंहलाई अदालतले अर्को आदेश नभएसम्मका लागि वीरगन्ज कारागारमा पठाउन आदेश दिएको हो ।
गत चैत १३ गते चारैजनालाई पक्राउ गरी अपहरण तथा शरीर बन्धकी मुद्दा दाखिला गरेकोमा बिहीबार पर्सा जिल्ला अदालतको ८ नम्बर बेन्चका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले चारैजना आरोपीलाई पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
व्यापारी अपहरणको अभियोगमा पक्राउ परेदेखि ५६ दिनसम्म जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका चारैजनालाई आजै कारागारमा सारिएको उपरीक्षक श्रेष्ठले बताए । 

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्