Logo
१३ बैशाख २०८१, बिहीबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आन्दोलनरत दलहरुलाई सरकारद्वारा वार्तामा आउन आग्रह


काठमाडौं । सरकारद्धारा औपचारिक रुपमा आन्दोलनरत समुहलाई वार्ताका लागि आव्हान गरेका छन् । शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठक मधेशी मोर्चा सहित संघिय गठबन्धनका नेताहरुलाई वार्ताका लागि आव्हान गरेको हो । 
बैठकले अधिकतम लचकताका साथ आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै वार्तामा आउन आहृवान गरेका हुन । 
यस अघि उपप्रधानमन्त्री कमल थापा नेतृत्वको वार्ता समितिले पत्र पठाएर मधेसी मोर्चालाई वार्तामा आउन आहृवान गर्दा मोर्चाले यथास्थितिमा वार्ता सम्भव नभएको जवाफ सरकारलाई पठाएका थिए ।
बैठकले आन्दोलनरत दलहरुलाई पटक-पटक चिठी पठाइएको र उनीहरुका मागमा  सरकार अधिकतम लचकताका साथ सम्बोधन गर्न तयार रहेकोले वार्ताको आव्हान गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए ।
उनले आन्दोलनरत दलहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेकोले पनि सरकार वार्ताको लागि तयार भएको बताए ।
यसैगरी बैठकले लुम्बिनी अञ्चल अस्पतालको शैय्या थप्ने निर्णय पनि गरेको छ । १ सय शैय्याबाट बढाएर तीन सय शैय्या पुर्‍याउने निर्णय सरकारले गरेको छ ।
सरकारले श्रीलंकालाई प्राकृतिक विपतका बेला १ लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय गरेको छ । श्रीलंकामा हालसालै आँधि, बाढी र पहिरोले धनजनको क्षति पुर्‍याएको थियो ।

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्