तमलोपालाई लाग्यो महाधिवेशन, विभिन्न समिति गठन
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको महाधिवेशनका लागि बिभिन्न समितिहरु गठन गरिएको छ । असार ६–८ गते नवलपरासी, रामग्राममा आयोजना हुन लागेको उक्त महाधिवेसनका लागि बिभिन्न समितिहरु गठन गरिएको प्रचार प्रसार एवं सञ्चार समितिको संयोजक जितेन्द्र सोनालले बताए ।
ब्यवस्थापन समन्वय समितिमा हृदयेश त्रिपाठी, राजनीतिक दस्तावेज समिति बृषेशचन्द्र लाल, सचिवालय ब्यवस्थापन समितिमा गोबिन्द चौधरी, प्रचार प्रसार एवं सञ्चार समितिमा जितेन्द्र सोनाल, बिद्यान परिमार्जन समिति बृजेशकुमार गुप्ता, अतिथि ब्यवस्थापन समिति कमलेश्वर पुरीलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, अर्थ समिति सर्बेन्द्रनाथ शुक्ला, सुरक्षा ब्यवस्थापनमा बीपी यादव, स्मारिका प्रकाशन समितिमा डा. सुरेन्द्र झा र कामरेन्द्र बर्मा, आकस्मिक उपचार समिति रामानन्द पण्डीत र चन्द्रकान्त झालाई जिम्मेवारी दिइएको महामन्त्री सोनालले जानकारी दिएका छन् । # फाइल फोटो