Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व राजाले भने ‘समयअनुसार काम हुन्छ, चिन्ता नलिनुस’


सिन्धुली । अस्ती भखर भारतबाट बिषेश भ्रमण गरेर फर्केका पुर्व राजा ज्ञानेन्द्र शाह यतिबेला पुर्वी नेपाल भ्रमणमा निस्केका छन । यस भ्रमणका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मनोभावना अनुसार आफूले काम गर्ने बताएका छन् ।  
पूर्वी नेपालको भ्रमणका क्रममा सिन्धुलीमाढी पुगेका ज्ञानेन्द्रले उनलाई स्वागत गर्न भेलाभएका सर्वसाधारणसँग भने –‘सबै कुराको समय र महत्व हुन्छ, जनताको मनोभावना बुझेको छु । केही समय पर्खनुहोस् । आफ्नो स्वागतका लागि उभिएका सहभागीहरुलाई ज्ञानेन्द्रले सबैको कुरा बुझेको बताउँदै भने–‘समय आउँछ । 
समयमा आवश्यकता अनुसारका काम हुन्छ । मैले तपाइहरुको कुरा बुझेको छु ।’ शाहलाई सरकारको मुख्य घटक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका थिए ।  भने कडा सुरक्षाविच सिन्धुलीमाढी आफैले ड्राइभिङ गर्दै पुगेका पूर्वराजा ज्ञानेन्द्रले गाडीबाटै स्वागत ग्रहण गरेका थिए । 
झण्डै २० मिनेटको अनौपचारीक तर संक्षिप्त स्वागत ग्रहण गरेका थिए ।  स्वागतका क्रममा शाह गाडीबाट भने ओर्लीएका थिएनन् । सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पञ्जियारले औपचारिक कार्यक्रम बिनानै पूर्वराजा आएको बताए ।  
उनले भने–‘शाहको आवगमनका क्रममा सिन्धुलीको खुर्कोट र ढुङ्ग्रेवासमा राप्रपा नेपाल र राजाका समर्थकहरुले स्वागत गरेका थिए । अन्य कुनै औपचारीक कार्यक्रम भएको छैन् । शाहले वीपी राजमार्ग प्रयोग गर्दै पूर्व हिडेको जानकारी पाएका हौं, तर कहाँ कता जाने भन्ने थाहा छैन । सन्तोष आर्चायको सहयोगमा 

प्रकाशित मिति: May 20, 2016

प्रतिक्रिया दिनुहोस्