मधेशी मोर्चाले भन्यो सरकारी वार्ता आहवानलाई औचित्यहिन निर्णय
काठमाडौं । सरकारले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई गरेको वार्ता अहवानको जवाफमा मोर्चाले अहवान औचित्यहिन भएको बताएको छ ।
मोर्चाका एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले वार्ताबाट निकास खोज्नका लागि आफूहरु तयार रहेको तर वार्ता समिति विना वार्तामा बोलाउने सरकारी निर्णय औचित्यहिन भएको बताए ।
सरकारले मधेशवादी दलको प्रदेशको सीमांकनसँग सम्बन्धित मागका विषयमा छलफलका लागि गत फागुन ६ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा संयोजक रहेको ११ सदस्यीय राजनीतिक समिति गठन गरेको थियो ।
तर तीन महिना भइसक्दा पनि एक सदस्यीय समितिले पूर्णता पाउन सकेको छैन । सद्भावना पार्टीका सहअध्यक्ष कर्णले आफूहरूले थापा संयोजक रहेको अपुरो समितिसँग वार्ता नगर्ने जवाफ पठाइसकेको अवस्थामा अर्को समिति गठन नै नगरी वार्ताका लागि आव्हान गरेर सरकारले औपचारिकता मात्र निभाएको प्रतिक्रिया दिए।