Logo
४ बैशाख २०८१, मंगलबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लौ पढ्नुस, प्रधानमन्त्री ओलीको बिर्सनै नसक्ने सात बोली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पाइला टेकेदेखि नै घोषणाको बाढी लगाएका छन्, तर कार्यान्वयनमा सुख्खा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 
घोषणा १
तुइन विस्थापन
२४ असोजमा प्रधानमन्त्रीमा निर्वाचित ओलीले अर्को दिन शपथग्रहणपछि सिंहदरबार पुगेर कार्यभार पनि लिएका थिए ।
तर काम…
प्रधानमन्त्रीको सो निर्णपछि मात्र सरकारले अध्ययन गर्यो । देशमा तीन सय ८५ होइन एक सय ७१ वटा मात्रै तुइन रहेको प्रमाण फेला पर्यो ।
घोषणा २
एक वर्षभित्र लोडसेडिङ अन्त्य
पदभार ग्रहण गरेको करिब १ महिनापछि २२ कात्तिकमा पाँचथरको रविमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भने, ‘एक वर्षभित्रै सरकारले लोडसेडिङ अन्त्य गर्नेछ ।’
तर काम…
प्रधानमन्त्रीको घोषणापछि लोडसेडिङ दिनमा १४ घन्टासम्म पुग्यो र उनले घोषणा गरेको एक वर्षभित्र अर्थात् कात्तिकसम्म लोडसेडिङ उस्तै रहनेछ ।
घोषणा ३
हावाबाट तीन हजार मेगावाट विद्युत
प्रधानमन्त्री ओलीले आफैँ अध्यक्ष रहेको लगानी बोर्डबाट हावाबाट बिजुली निकाल्ने प्रस्ताव कार्यान्वयन गर्ने निर्णय गराए ।
तर काम…
बेलायतनिवासी व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने प्रस्ताव पेस गरेका आधारमा प्रधानमन्त्रीले प्रफुल्लित भएर योजना सुनाएका थिए ।
घोषणा ४
पाइपमार्फत घर–घरमा ग्यास
प्रधानमन्त्री केपी ओलीले २४ पुसमा भएको एमाले राजधानी विशेष समन्वय कमिटिमा पाइपलाइन जोडेर घर–घरमा ग्यास पुर्याइदिने घोषणा गरेका थिए ।
तर काम…
प्रधानमन्त्रीको घोषणा लगत्तै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले खानी तथा भूगर्भ विभागलाई काठमाडौं उपत्यकामा रहेको ग्यासखानी उत्खनन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए ।
घोषणा ५
काठमाडौंमा मेट्रो रेल
प्रधानमन्त्री केपी ओलीले पदभार सम्हालेपछि देशवासीको नाममा गरेको सम्बोधनमा काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरे ।
तर काम…
काठमाडौंमा मेट्रो रेल चलाउने प्रधानमन्त्रीको सपनाबारे रेल विभाग भने पूर्ण रुपमा अनविज्ञ छ ।
घोषणा ६
नेपालको आफ्नो पानीजहाज

अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक मंगलबा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अरु देशले पानीजहाज खरिद गरेर संचालन गर्न सक्छन् भने नेपालले किन सक्दैन ? भने ।
तर काम…
प्रधानमन्त्रीले मञ्चमा भाषण गरे, छाडे । यो विषयमा सरकारले कुनै पनि निकायलाई थाहा छैन ।
घोषणा ७
दुई वर्षमा आफ्नै पेट्रोल

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो दाबी हो– दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने ।
तर काम…
नेपाली प्राविधिकसहितको ६ सदस्यीय चिनियाँ टोलीले मोरङको बाहुनीमा पेट्रोल खानी अन्वेषण सुरु गरेको छ ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्