Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गिरिजाले अपहरण गरेको जहाज अब संग्रहालयमा


काठमाडौं ।
पञ्चायती व्यावस्थाविरुद्धको क्रान्तिमा अपहरण गरिएको जहाज र वीपी कोइरालाले चढ्ने गरेको जिप वीपी कोइराला संग्रहालयलाई हसतान्तरण गरिएको छ ।

नेपालगञ्जमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा नेपाल वायु सेवा निगमले जहाजका पाटपुर्जा र नेपाली कांग्रेस, बाँकेले पुरानो मोडेलको उक्त जर्मन जीप संग्रहालयलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा वीपीपुत्र शशांक कोइराला उपस्थित थिए । २०३० साल जेठ २० गते कांग्रेसका नेताले विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज अपहरण गर्दा शशांक किशोरअवस्थामा थिए ।

उनी मातापिता सुशीला र वीपीसँगै भारत प्रवासमा थिए । नाइन एन एवीवी कलसाइन भएको उक्त विमान सरकारले २०२८ सालमा खरिद गरेको थियो ।
त्यसको दुई वर्षपछि नै वीपीको सहमति र गिरिजाप्रसादको योजनामा कांग्रेसले त्यो जहाज अपहरण गरेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्