Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हराइरहेको इजिप्ट एयर विमान समुद्रमा खस्ने ठट्टा गर्थिन् परिचारिका

काठमाडौं  । हराइरहेको इजिप्ट एयरको विषयमा अहिले धेरैलाई चासो छ । यसै विमानसँग सम्बन्धित रहेर विभिन्न अड्कलबाजीहरु गरिएका छन् ।  विमानमा सवार यात्रू तथा चालक दलका सदस्यको अवस्था के छ भन्ने चासो केन्द्रित भइरहेका बेला यस विमानकी एक एयरहोस्टेजले सार्वजनिक गरेको तस्विर भाइरल बनेको छ ।

उनले समुन्द्रमा प्लेन खसिरहेको तस्विरलाई इडिट गरेर त्यसमा अर्की एयर होस्टेसकोे फोटो समेत जोडेको तस्विर दुई वर्षअघि मात्रै फेसबुकमा शेयर गरेकी थिइन् । फोटोमा समून्द्रबाट एक एयर होस्टस अगाडी बढीरहेको र नेपथ्यमा एक विमान खसेको देखिएको छ ।

२३ वर्षकी समर इज इल्डिनले यस्तो तस्विर सेप्टेम्बर २०१४ मा अपलोड गरेकी थिइन् । उनले तस्विर अपलोड गर्नुभन्दा केवल ४ महिनाअघि मात्रै इजिप्टको राष्ट्रिय विमान कम्पनीमा जागिर पाएकी थिइन् ।
तस्विरमा रहेकी एयर होस्टेसको ब्याग समून्द्र पानीमा भिजेको छ । 
एन साम्स विश्वविद्यालयमा मोर्डन ल्याङग्वेज पढेकी इल्डिन अहिले विमान हराइरहदाँ त्यही विमानमा छिन् । ६६ यात्रू बोकेर पेरिसबाट कायरोका लागि उडेको यो विमानको खोजी जारी छ । विमानका क्यापटेनले चार दिनअघि मात्रै प्रोमोशन पाएका थिए भने यस विमानकी क्याविन म्यानेजर पूर्व टिभी अभिनेत्री समेत हुन् ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्