Logo
११ बैशाख २०८१, मंगलबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नाम नेताको खल्तीमा: यसरी सम्पन्न हुदैँछ प्रेस चौतारीको निर्वाचन

काठमाडौँ । प्रेस चौतारी नेपालको जारी आठौँ राष्ट्रिय महाधिवेशनमा कुल ७९ सदस्यीय कायर्ससमितिमा १११ को उम्मेदवारी परेकामा सबैको सर्वसम्मति हुने भएको छ  ।
यसअघि बाँकी ४४ पदमा निर्विरोध चयन भएको थियो । बाँकी रहेका उमेद्वारीमा निर्बाचन हुने भनिएपनि सर्बसहमतिमै टुङ्ग्याउने गरी अहिले छलफल भईरहेको छ  । 
यसैबिच सदस्य छान्ने बिषयमा सहभागी प्रतिनिधीहरुले निर्णायकमण्डलसंग तिब्र असन्तुष्टि जनाएका छन । सदस्यछान्ने बिषयमा दलका नेताहरुको शिफारिसमा परेकाहरुको हाबी भएको र मदतान गर्न पनि नपाउने भएको भन्दै केहि प्रतिनीधीहरु छलफलबाट बाहिरीएका छन ।
टुङगो लाग्न बाँकी सदस्यहरुको नामवली हिजै निर्णायक मण्डलले अघोषित रुपमा लिष्टीङ गरिसकेकाले अहिले केहिबेरपछि उक्त नामाबली घोषणा गरिने एक प्रतिनीधीले जानकारी दिएका छन ।बिहीबारको बन्दसत्रमा अध्यक्षमा गणेश बस्नेतसहित २२ पदाधिकारी सर्वसम्मतिमा चयन भएको थियो ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्