Logo
१५ बैशाख २०८१, शनिबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाउरोटीमा भेटियो माउसुली, यसरी हुदैछ, स्वास्थ्यसँग खेलवाड

उमेशराज मेहता, सुनसरी । बिहानको खाजाको रुपमा अधिकांश उपभोक्ताहरुले पाउरोटी मन पराउँने पाउरोटी बिस्कुटमा माउसुली भेटिएको छ ।  सुनसरी स्थित धरान क्वालिटी बेकर्सले उत्पादन गर्दै आएको मिल्क ब्रेडमा माउसुली भेटिएको हो । 
धरान १४ हात्तिसारकी ममता मण्डलले ६ गते खरिद गरेको मिनीसाइजको मिल्क ब्रेडको प्याकिङ भित्रै पाउरोटीमा सुकेर टाँसिएको अवस्थामा माउसुली भेटिएको हो । मण्डलले बिहीबार स्थानीय सत्य शाहको पसलबाट धरान क्वालीटी बेकर्सले उत्पादन गरेको मिनि प्याकको मिल्क ब्रेड २० रुपैयाँमा खरिद गरेकी थिइन ।  
पाउरोटी शुक्रबार बिहान खाने क्रममा पाउरोटीमा सुकेको माउसुली टाँसिएको पाएकी थिइन् । उनले बिहान १ वर्षीय छोरीलाई पाउरोटी चुँडेर दिन खोज्दा माउसुली देखेकी थिइन । माउसुली भेटिएको पाउरोटीको प्याकेटमा कुनै उत्पादन मिति र म्याद सकिने मिति समेत लेखिएको छैन । जुनसुकै उपभोग्य वस्तुमा उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य लेख्नुपर्ने कानुनी प्रावधान छ । 
तर क्वालिटी बेकर्सले उत्पादन गरेको कुनै पनि पाउरोटीको प्याकेटमा मिति लेखिएको पाइएन । पाउरोटीकै उद्योगमा गएर हेर्दा पनि कुनै पनि प्याकेटमा मिति नलेखी बजार लगिँदै गरेको पाइएको थियो । पाउरोटीमा माउसुली भेटिए पनि खरिद गरेको पसलका साहुजी सत्य शाहलाई जानकारी गराएकी थिइन् । तर पसल साहुले कम्पनीमा लगेर देखाउनु भन्दै जवाफ दिएको उनले बताइन् । 
बिरोलोले खायो भने त छाद्न थाल्छ मेरो १ वर्षको छोरीले खाएको भए के हुन्थ्यो, उनले आक्रोश पोखिन् ।उनले भनिन्, ‘यो उद्योगकै लापरवाही हो ।’ पसलका मालिक सत्य शाहका अनुसार मण्डलले बिहिबार पाउरोटी किनेकी थिइन् । मण्डलले बिहानै जानकारी गराए पनि कम्पनीमै जान सल्लाह दिएको शाहले बताए ।  
यता धरान क्वालिटी बेकर्सका सञ्चालक डिकेन्द्र गिरीले आफूलाई केही थाहा नभएको बताए । उनीसँग बुझ्न खोज्दा आफैँ अचम्मित भएको बताए ।  अहिलेसम्म त्यस्तो नभेटिएको दाबी गर्दै उनले ब्रेड बनाउँदा ढक्कन लगाउन बिर्सँदा त्यस्तो भएको हुन सक्ने बताए । तर त्यस्तो हुनु नपर्ने हो उनले भने । 
पाउरोटीको उत्पादन मिति र अन्तिम मितिका बारेमा धरानमा कुनै पनि उद्योगले मिति नहाल्ने गरेको बताए । दैनिक रुपमा पाउरोटी उत्पादन हुने भएकाले दैनिक जसो नै बजारमा जान्छ त्यसैले पनि हाल्नु नपरेको उनको भनाई छ । तर पसलले राखेको स्टकको आधारमा बिक्री गर्ने बेलामा स्टिकर टाँस्ने गरेको उनले बताए ।

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्