लुम्बिनीमा २८ मुलुकका प्रतिनिधि : ५ हजार मानिस अट्ने भवन बनाउने ओलीको घोषणा
लुम्बिनी । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६० औँ जयन्ती धुमधामका साथ मनाइँदैछ । बिहान शान्ति र्याली र मायादेवी मन्दिरमा धार्मिक पूजा गरिएको छ ।
बौद्ध धर्ममा आस्था राख्ने बौद्ध धर्मालम्बीहरु, आन्तरिक र बाह्रय गरी पर्यटकहरु अहिले लुम्बिनीको दर्शन गर्न भेला भएका छन् ।
लुम्बिनी संग्रहालयको छेउमा मुल समारोह कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी थिए भने प्रमुख दलका नेता र विदेशी पाहुनाहरु पनि उपस्थित छन् ।
भारत, श्रीलंका, चीन लगायत देशका राजदूतहरुको पनि कार्यक्रममा पनि सहभागिता छ । कार्यक्रममा २८ मुलुकका प्रतिनिधि सहभागी भएका छन ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभा भवन बनाउने घोषणा गरेका छन् ।
बुद्ध जयन्तीको अवसरमा शनिबार लुम्बिनीमा विशेष कार्यक्रम भइरहेको छ । तर, विहानै पानी र हावाहुरी चलेपछि केही समस्या देखिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब ५ हजार मानिस अट्ने सभा हल बनाइने बताए । उनले भने, ‘सकेसम्म एक वर्षभित्र निर्माण सक्नेछौं । काम गर्दै जाँदा ढिला भयो भने सकेसम्म छिटो गर्नेछौं ।’