Logo
१३ बैशाख २०८१, बिहीबार
(May 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकातिर अहिंसाका कुरा अर्कोतिर रगतकै खोला !


सिरहा । एकातिर लुम्बिनीमा अहिंसा दिवस मनाइदै छ भने अर्को तिर हिंसा नै गरिदै छ । प्रसङ्ग बुद्ध जयन्तीकै दिन सिराहमा भइरहेको हिंसाको हो । सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिइएको छ ।  राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जनविस्वास रहेको छ । सोही कारण बली चढाउन राजदेवी मन्दिर भिडभाड छ ।
शनिवार विहानदेखि बली चढाउन र मन्दिरमा दर्शन गर्न श्रद्धालुहरुको घुइचो लागेको आयोजकले जनाए । हिजो साँझ देखि नै मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरुको भिडभाड बढेपनि आज बिहान ८ बजे देखि मात्र पुजा सुरु भएको मेला समितिले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब ६ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर रहेको छ । यो मन्दिरमा पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आएको मन्दिरका मूल पुजारी लक्ष्मीबहादुर भट्टले जानकारी दिए । 
ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको छ । यो मन्दिरमा मूर्ति ( राजदेवीको प्रतिमा ) छैन् । बाराको गढीमाई मन्दिरपछि दोश्रो ठूलो संख्यामा पशुपंक्षीको बली दिइने मन्दिरको रुपमा चिनिने गरिन्छ । हजारौं पशुपंक्षीको बली यहाँ चढाउँदा रगतको खोला बगेझै देखिन्छ । तर एउटै झिँगा (किरा) देख्न सकिदैन् । स्थानीय भन्छन्– माताको शक्तिकै कारण यहाँ रगतको खोलो बगेपनि एउटा झिँगा (किरा) लाग्दैन् , दुर्गन्ध पनि आउँदैन् ।
विगतका वर्षहरुको तुलनामा यो वर्ष पशुबली बढी चढ्ने अनुमान गरिएको छ । स्थानीय वीरेन्द्र चौधरी भन्छन्– विगतका बर्षहरुभन्दा यो वर्ष भीड बढी छ । गत बर्ष १४ हजार बोकाको बली चढेको थियो भने यस वर्ष २० हजारको हाराहारीमा पुगेको छ । मेला भर्नका लागि यस बर्ष एक लाख भन्दा बढी श्रद्धालु भक्तजनहरुले दर्शन गरेको समितिले बताएको छ । 
करिब १२५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउँमा जँगल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । चराउन लग्ने गाइहरु हराउन थाले । पछि गाउँका मानिसहरु त्रसित भए । धामीको रुपमा रहेका दिलाराम भट्टले त्यस ठाउँमा गई तन्त्र साधना गरेपछि राति सपनामा देवीले दिर्शन दिई पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन बली चढाए समस्या टर्ने बताएका थिए । 
स्थानीयले देवीले सपनामा भनेअनुसार आजको दिन बली चढाउन थाले । समस्या टर्यो । ८–१० बर्ष अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचार प्रसार भएको थिएन् । अहिले मन्दिरले चर्चा पाएपछि मधेसका अधिकांश जिल्ला र भारत विहारबाट समेत भाकल गर्नेहरु बली चढाउन आउने गर्छन् । बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गएको पूजारी भट्ट बताउँछन् । सुरेन्द्र कामतीको सहयोगमा 

प्रकाशित मिति: May 21, 2016

प्रतिक्रिया दिनुहोस्