Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेस आन्दोलनका लागि ५ करोड निकाशा !


काठमाडौं । तराई मधेस आन्दोलनका क्रममा सरकारले पाँच करोड १ लाख रुपैयाँ निकास गरेको छ । सरकारले आन्दोलनमा ज्यान गुमाएका ४७ जनाका परिवारलाई १०र१० लाख रुपैयाँ घाइतेहरुको उपचारका लागि ५ करोड १ लाख रुपैयाँ निकासा गरेको छ ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले वार्ताको वातावरण नबनाएको आरोप लगाइरहको बेला सरकारले भने सात महिनाको अवधिका मृतकको परिवार र घाइतेहरुको उपचार खर्च बेहोरेर वार्ताको बाताबरण बनाएको दाबी गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री भीम रावलले सरकारले वार्ताको वाताबरणको लागि मधेस आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका लागि ३१ लाख रुपैयाँ प्रदान गरिसकेको बताए ।
उनले भने ‘सरकारले घाइतेहरुको नि शुल्क उपचार गरेको छ, मुद्दा फिर्ता गर्नको लागि सूची बनाउन हामी तयार छौं, वार्ताको टेबुलमा बसेपछि छानविन समित गठन गर्न सकिन्छ ।’ नेपालसमाचारपत्रबाट

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्