Logo
७ बैशाख २०८१, शुक्रबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सबै पद थापाले माग्दा राप्रापा एकतामा बवाल !


न्यूज अप्रेशन, काठमाडौं । पुर्व पन्चहरुको पार्टि एकता बिचमै अल्झिएको छ । राप्रपा नेपाल र  राप्रपा बिच हुने भनिएको एकता  कमल थापाको पद लोलुपताको कारण तुहिने खतरा बढेको छ । महत्वपूर्ण पद जति सबै थापा आफूले मात्र पाउनुपर्छ भन्ने दावी गरेको कारण सौहार्दपूर्ण वातावरणको बाबजुद एकता प्रक्रिया निष्कर्ष विहीन भएको छ । 
‘पद जति सबै कमलजीलाई नभई नहुने भएपछि उनकै कारण वार्ता अवरुद्ध हुने अवस्था खडा भएको छ । अध्यक्षको पदमोह जे जस्तो भएपनि राप्रपा नेपालका तमाम कार्यकर्ता भने एकताकै पक्षमा छन्’, राप्रपा नेपालका एक नेताले भने । ‘कमलजी घुमाउरो पाराले वार्ता भाँड्ने प्रपंच रच्दैछन् ।’
राजनीतिमा कमल भन्दा धेरै बरीष्ठ लोकेन्द्रबहादुर चन्द, पुशपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीले पद नभएर पार्टी एकताको निति लिएका छन् । सबैलाई स्वीकार्य मोडलमा एकता अघि बढाउनु पर्दछ, प्रतिष्पर्धाका लागि सबैलाई समान अवसर मिल्ने संरचना मिलाएर एकताको महाधिवेशनमा जान नेतात्रय तयार छन् । तर कमल थापाकै ढिपीका कारण तर वार्ता अवरुद्ध भएको छ ।
किनभने दुई पृथक सिद्धान्तमा अडिएका राप्रपा र राप्रपा नेपालबीच करिव तीन महिना अघि नै सिद्धान्तका बारे सहमति भइसकेको हो । राप्रपाका नेता राणाले सार्वजनिक अन्तरवार्तामै, ‘कमलजी गणतन्त्र अन्तर्गत राष्ट्रपतिको समर्थक भइसकेकोले’ गणतन्त्रमा मेल हुन्छ भन्नुले थापाको प्राथमिकता सिद्धान्त होइन पद नै हो भन्ने कुरा घाम जस्तै छर्लङ भएको बताएका थिए ।
उता थापाको पार्टिका बरीष्ठ नेता पदमसुन्दर लावती तथा केशरबहादुर विष्टलाई प्रजातान्त्रिक मान्यता विपरीत कारवाही गर्नु र अन्तर्राष्ट्रिय रुपमा भ्रष्टाचारी ठहरिएको भाई गणेश थापालाई सांसद बनाउने निर्णय थापाकै लागि अहिले अभिशाप सावित भएको छ । सामुहिक शक्ति विभाजन र जिम्मेवारीको मोडलमा सहमति भएन भने राप्रपा नेपाल बाहेकका पूर्वपंचहरु एकजुट हुने संभावना बढेर छ ।
वास्तवमा एकीकृत राप्रपाको लोकप्रिय नारा लिएर लावती समूह, केशर बहादुर विष्ट, डा. प्रकाशचन्द्र लोहनी लगायत राप्रपाका बरीष्ठ नेतृत्व अभियानमा उत्रिएपछि थापा तनाबमा छन् । थापाले अब पनि सहमति जनाएनन् भने राप्रपा एकता अभियान नयाँ विकल्प लिएर जाने, वार्तामा सहभागी नेताहरु बताउछन् ।

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्