देश बचाउन भन्दै सिंहदरबार प्रवेश गर्न लाग्दा २ पक्राउ
काठमाडौं । स्वदेश बचाउने भन्दै सिंहदरबार प्रवेश गर्न खोज्न दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशान र रियाज खान रहेका छन् ।
उनीहरुलाई टेकुस्थित प्रहरी कार्यालयमा राखिएको बताइएको छ । उनीहरुले देशमा भएको राजनीतिक घटना क्रमलाई वार्ताको माध्यमबाट समाधान गर्नु पर्ने माग राख्दै आएका छन् ।
उच्चस्तरीय छानविन आयोगको माग गरी मधेश आन्दोलनमा भएको दमन छानविन गर्न उनीहरुले माग राखेका छन् ।
महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले पक्राउको पुष्टि गर्दे आवश्यक छानबिन चलिरहेको बताए ।
बिना परमिट सिंहदरवार पस्न खोज्यो, फेरी बिभिन्न थरीका प्रचाहरुपनि बोकेका थिए शकांका अधारमा पक्रिएको छ खनालले भने ‘अपराध खासै ठुलो होइन अवश्यक केरकार पछि हामि कागज गरेर छौडदैछौं ।’
# सिंहदरवार दक्षिणीगेटको फाइल फोटो , उनीहरुले बोकेको पत्र यस्तो छ :