Logo
१३ बैशाख २०८१, बिहीबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पदाधिकारी मिलाएर नेता फकाउने प्रचण्डको योजना !


काठमाण्डौ । राजनीतिकरुपमा चतुर र बाठा खेलाडिको परिचय बनाएका पुष्पकमल दाहाल प्रचण्ड आफ्नो स्वार्थको लागि जसो पनि जान्ने नेताका रुपमा चिनिन्छन् । माओवादीको विभिन्न घटक मिलेर बनेको नेकपा माओवादी केन्द्रमा कायम पदाधिकारी विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जम्बो पदाधिकारीको प्रस्ताव गरेका हुन् । 
केन्द्रको पहिलो केन्द्रीय समितिको बैठकमा आफ्नो तर्फबाट धारणा राख्दै प्रचण्डले विवाद मिलाउन जम्बो पदाधिकारीको संरचना प्रस्ताव गरेका हुन । प्रचण्डको प्रस्तावमा ५ जना उपाध्यक्ष, १ जना महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष बनाउने रहेको छ । रामबहादुर थापा बादल र देब गुरुङले सह अध्यक्ष र महासचिवमा दावी गरेपछि बढेको असन्तुष्टी मिलाउँदै सबैलाई चित्त बुझाउन प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन ।
त्यसैगरी प्रस्तावमा जेठ भित्र सबै जिल्लामा एकता भेला आयोजना गर्ने प्रस्ताव राखेका छन् । यसका लागि उनले ६ सय ९९ केन्द्रीय सदस्यलाई आ–आफ्नो प्रदेशको एकता भेला गर्ने जिम्मेवारी दिने उल्लेख छ भने जिल्ला भेलापछि काठमाडौमा शक्ति प्रर्दशन गर्ने छ । दिनानाथ शर्माका अनुसार भोलीबाट प्रचण्डको प्रस्तावमा छलफल सुरु हुने छ ।

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्