Logo
१२ श्रावण २०८१, शनिबार
(May 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमिसनको छटपटिमा कांग्रेसका देउवा, निधी !

काठमाडौं । ठूलो कमिसनको हात्ति आफ्नो हातबाट फुत्किन लागेपछि कांग्रेसका सभापति शेरबहादुर लगायत केहि कांग्रेसी नेताहरु यतिबेला तनावमा परेका छन् ।  सरकारले काठमाडौं तराई मधेस द्रुतमार्ग आफैले बनाउने र आगामी आर्थिएक वर्षको बजेट वक्तव्यमा समेत सो आयोजनाका लागि रु.दश अर्ब बजेट राख्ने तयारी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, नेता विमलेन्द्र निधी र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनबहादुर कार्कीलाई सबैभन्दा बढी पीडा भएको छ ।
भारतीय कम्पनीलाई ठेक्का दिन सकिएको खण्डमा सो आयोजनाबाट न्यूनतम ५० करोड रुपैयाँ कमिसन पाइने आशामा रहेको उनीहरुले सरकारले नै सो परियोजना अगाडि बढाउने भएपछि तनावमा परेको बताइन्छ । भारतीय कम्पनीका नेपाली साझेदारका रुपमा देउवाका साला रहेका छन् । सालाको नाममा उनै देउवा नै त्यसको खास एजेन्ट रहेको कांग्रेसका एक नेताले जानकारी दिए ।
 सभापतिमा पराजित रामचन्द्र पौडेल पक्षका विकास परियोजनासँग जानकार एक नेताकाअनुसार कमिसनको लोभमा देउवा निधी र कार्कीले उक्त परियोजना कुनै पनि हालतमा नेपालले बनाउन नहुने भन्दै धम्की नै दिन सु्रु गरेको खबर छलफलमा छ । नेपाल सरकार आफैंले बनाउँदा ९० अर्ब नेपाली रुपैयाँमा सम्पन्न हुने सो परियोजना भारतीयलाई दिँदा ११० अर्ब बढी करिब दुई सय अर्ब लाग्नुको पछाडि कमिसनको लोभ नै रहेको बताइन्छ ।

प्रकाशित मिति: May 22, 2016

प्रतिक्रिया दिनुहोस्