पारसका कारण हिमानीलाई ठूलो धक्का !
काठमाडौं । गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका राजनीतिक दलबीच दूरी बढेसँगै उत्साहित भएका पूर्वराजा ज्ञानेन्द्र शाहले जनतासँगको घेटघाटलाई तीव्र बनाउने बताएका छन् । उनले जतिसँग भेट गर्छन्, सबैबाट प्रायः एउटै सल्लाह पाउने गरेका छन् ।
यही मा्रकामा जनतालाई संगठित गरी पुनर्बहालीका लागि प्रयास गर्ने अभियानमा पूर्वराजा शाह रहेको बताइन्छ । विगतमा जस्तै पूजापाठ तथा मन्दिरको दर्शन गर्नेसहितको कार्यक्रम बनाएर देश दौडाहको अभियानमा पूर्वराजा शाहले सुरु गरिसकेका छन् ।
दरबार हत्याकाण्डको १६औँ वर्षको पूर्वसन्ध्या पारेर गत साता नुवाकोट दरबार तथा भैरवी मन्दिरमा पूजा गर्न पुगेका पूर्वराजा शाहले सर्वसाधारण जनतासँग भेटघाट गरेका थिए ।
पूर्वी तराईको भ्रमणमा निस्कनुअघि पूर्वराजा शाहले राप्रपा, राप्रपा नेपाका नेता तथा पञ्चायतमा काम गरेका केही नेताहरूलाई भेटेका थिए । साथै, मधेसी तथा जनजाति आन्दोलनमा संलग्न नेताहरूसँग पनि उनले गोप्य भेटघाट गरेका थिए ।
उनका अनुसार पूर्व युवराज पारस शाह लामो निर्वासनबाट स्वदेश फर्केपछि पूर्व युवराज्ञी हिमानी शाहको सामाजिक तथा सार्वजनिक गतिविधिमाथि ब्रेक लागेको छ । तरुण साप्ताहिकले समाचार छापेको छ । हिमानी निर्मल निवासमै बस्छिन् ।