Logo
१५ चैत्र २०८०, बिहीबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रणवीरकी ‘गर्लफ्रेन्ड’ तनावमा !

मुम्बई । बलिउड अभिनेता रणवीर कपूर फेरि आफ्नो प्रेम सम्बन्धका कारण चर्चामा छन् । कैट्रिना कैफसँग सम्बन्ध तोडिएपछि उनी दिल्लीमा बस्ने भारती मल्होत्रा नामकी एक मोडलसँगको प्रेमका कारण चर्चामा छन् । 
तर मल्होत्रालाई भने रणवीरसँग नाम जोडिदा समस्या भएको छ । उनले स्पष्टीकरण दिदैँ रणवीरसँग कहिल्यै नभेटेको बताएकी छिन् । उनले समाजिक संजालमा भनेकी छिन्, ‘मलाई रणवीर मन पर्दैन, म उनको फ्यान समेत होइन, मैले रणवीरलाई कहिल्यै भेटेको छैन्, उनीसँग डेटको कुरा त धेरै पर । तर यि सबै कुराले मलाई तनाव भइरहेको छ ।
मलाई उनको काम पनि मन पर्दैन । उनी राम्रा अभिनेता हुनसक्लान् , तर मलाई उनको काम मन पर्दैन । म कहिल्यै उनको फ्यान भइँन । मलाई थाहा छैन कसरी मेरो नाम रणवीरसँग जोडियो, मलाई लागेको थियो कसैले मसँग ठट्टा गर्दैछ । तर अहिले मलाई थाहा भइरहेको छ कि सबैले दिल्लीमा बस्ने रणवीरकी गर्लफ्रेन्ड भनेर मेरो नाम प्रचार गरिरहेका छन् ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्