Logo
७ बैशाख २०८१, शुक्रबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बादलका कारण प्रचण्ड फसादमा !

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको कार्यविधाजनमा विवाद देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकै अप्ठ्यारोमा परेका छन् । उनी सगैँ उनका विश्वास पात्र नारायण काजी श्रेष्ठ समेत यति बेला निकै सकसमा छन् ।

विवाद बढेसँगै पार्टीलाई बहुपदीय प्रणलीमा लैजाने वा एकपदीय प्रणलीमा लैजाने प्रस्ताव गरेपनि त्यसमा केही नेताहरु असहमति जायर गरेका छन् । नेता देवप्रसाद गुरुङले पहुपदीय संरचनाका विषयमा विवाद भएको बताए । उनले भागबण्डा मिलाउन बहुपदमा जान नहुने बताए । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारु सुरु पार्टीको महाधिवेशन आयोजक समितिको बैठकमा पार्टीको सांगठनिक संरचना र नेताहरुको कार्यभाजनका सन्दर्भमा दुई बिकल्प प्रस्ताव गरेका छन् । आयोजक समिति बैठक आज फेरि बोलाइएको छ ।
अध्यक्ष प्रचण्डपछिको मर्यादाक्रममा माओवादी केन्द्रको वरिष्ठ नेता नारायणकाजी वा बादलमध्ये कसलाई बनाउने भन्ने विवादले पदाधिकारी चयनमा सकस देखिएको छ । तर नेता नारायण काजीलाई राम बहादुर थापा बादलको समुह मान्न तयार छैन् । नेता गुरुङले आफुहरु विलय नभई पार्टी एकता भएकाले प्रचण्डपछि बादल हुनुपर्ने अडान रहेको बताए ।
‘एकता प्रक्रियाको भाव सम्बोधन गर्नुपर्ने र आन्दोलनका हिसावले पनि श्रेष्ठभन्दा बादल बरिष्ठ भएकाले उनलाई वरिष्ठ बनाउनुपर्ने गुरुङले  तर्क छ । प्रचण्डको पक्षमा रहेका कृष्ण बहादुर महरा लगायतका नेताहरु समेत नारायणकाजी श्रेष्ठलाई दोस्रो वरियतामा राख्न नहुने पक्षमा छन् । त्यसमा उनीहरुले दवाव दिइरहेका छन् ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्