Logo
२७ माघ २०८१, आईतबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै छ ‘रेड लाइट एरिया”

काठमाण्डौ । एक सभासद्ले नेपाललाई अघोषित रुपमा रेड लाइट एरिया भएको बताएका छन् । संविधानसभाका जेष्ठ सदस्य लक्ष्मण राजवंशीले नेपाललाई अघोषित रुपमा रेड लाइट एरिया भएको तथ्य सहित एक  कार्यक्रममा बताएक  पछि कार्यक्रममा उपस्थित आम सरोकारवालाहरु छक्कपरेका थिए ।
दुई महिना अघि लिफ्ट दिएर साथीलाई घरसम्म छाड्न जाँदै गरेको अवस्थामामा आफुले यूवतीहरुको यौन धन्दाले चर्कोरुप लिएको दाबी गरेका हुन् । सहिदगेटमा साथीले यहाँबाट बस पाइन्छ म बसमै घर जान्छु भनेर छुट्टिए पछि साँझ  एक युवती सामुन्ने आइ भनिन् मसगँ ‘जाने हो । उनले ‘कहाँ’ भनेर प्रश्न गरे।
युवतीले ‘तपाईँले जहाँ लानुहुन्छ त्यही, नत्र मैले भनेको ठाउँमा’ भनेपछि सांसद राजवंशी छक्क परेको बताएका हुन् । ‘म जस्तो बुढोलाई त युवतीले जाने हो भनिन्’, सांसद राजबंशीले भने, ‘अरुलाई पनि साँझ पख हिड्न नै गाह्रो अवस्था भएको बताएका छन् । केन्द्रीय बालकल्याण समितिले काठमाडौंको बानेश्वरमा सोमबार गरेको बालबालिका माथि हुने ब्यवसायिक यौन शोषणविरुद्ध जनचेतना अभियान अन्तर्गत कार्यशाला गोष्ठीमा ८२ वर्षे सांसद राजवंशीले नेपालमा अघोषित रुपमा रेड लाइट एरिया भएको दाबी गरेका हुन् । 
राति १० बजेपछि सुन्धारा, थमेल ,न्युरोड, सहिदगेट, बस स्टप, सिनेमा छुट्ने समयमा त्यस्ता युवतीहरु आएर यौन प्रस्ताव गर्ने गरेको उनको दाबी छ । सांसद दीपशिखाले नेपालमा पनि रेड लाइट एरिया छुट्याउन माग गरिन्। यसो गरे बालबालिकामाथि व्यवसायिक यौनशोषण नहुने बताईन्।
उनले डान्स तथा क्याविन रेष्टुरेन्ट काम गर्नेहरुको डरलाग्दो अवस्था भएको सुनाईन् । रक्षा नेपाली मेनुका थापाले डान्स, क्याविन, रेष्टुरेन्ट, दोहरी लगायतका स्थान मनोरन्जन क्षेत्र नभएर शोषण गर्ने स्थान भएको बताइन् । महिलाका निम्ति महिला मञ्चकी सिर्जना पुन मगरले रेष्टुरेन्ट, क्याविन लगायतका स्थानमा काम गर्ने कामदारको कुरा श्रम ऐनमा नअटाएको भन्दै दुख ब्यक्त गरिन्।
रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष बिजय नगरकोटीले १८ वर्ष भन्दा कम उमेरका युवतीहरुलाई काममा नलगाइएको दाबी गरे । नेपाल मसाज तथा स्पा संघका राजेन्द्र श्रेष्ठले आचारसंहित अनुसार नचलेका मसाज सेन्टर र स्पा बन्द गराउनुपर्ने बताएका थिए।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्