Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजसंस्था पर्काउने विवादस्पद धर्म गुरु कमलनयनाचार्यको दावी

सुनसरी । प्राय विवादमा तानिएका विवादस्पद मुक्तिनाथ धामका पिठाधिस  कमलनयनाचार्यले हिन्दुधर्मको रक्षाका लागि राजसंस्था पर्काउनु पर्ने बताएका छन् । त्यसो त उनले कार्यक्रममा जनआन्दोलन पश्चात सात राजनीतिक दलले हटाएका पूर्वराजा ज्ञानेन्द्रलाई नै राजा बनाउँनुपर्छ भन्ने नभएको बताउदैँ  उनले गरिब ठकुरीको छोरालाई राजा बनाएर भएपनी राजसंस्था ब्युताउनु पर्ने धारणा समेत राखेका थिए।
उनले राजसंस्था नफर्किएसम्म हिन्दु धर्मको रक्षा गर्न समस्या भएको बताए। गणतन्त्र स्थापना पछी हिन्दुधर्मको संरक्षणमा समस्या देखिएको उनको भनाइ थियो । कमलनयनाचार्यले गणतन्त्र स्थापना पश्चात गठन भएका सरकारले हिन्दु धर्मको रक्षा र सम्वर्धनमा कुनै चासो नदेखाएको भन्दै जनताले चाँहे तत्काल राजसंस्था फर्कने दाबी गरे।
स्वामी कमलनयनाचार्यले ८५ प्रतिशत हिन्दु भएको देशमा धर्मनिरपेक्षता घोषणा गरेर गणतन्त्र स्थापना भए पछि सरकारले गलत काम गरेको भन्दै हिन्दु राष्ट्रका लागि देशभर अभियान संचालन गर्ने चेतावनी दिए। जनताले हिजो भन्दा आज धेरै दुःख पाएका छन्। सरकार कानमा तेल हालेर बसेको छ। ८५ प्रतिशत हिन्दु भएको मुलुकमा धर्मनिरपेक्ष राज्य घोषणा गर्ने नेताले सिन्को समेत भाच्न नसकेको उनको धारणा छ ।
यसै बिच सरकारले गरिब जनतालाई  सेवा सुविधा नदिएका कारण पश्चिमा मुलुकले गरिबीको फाइदा लुट्दै नेपालीलाई जबरजस्ती धर्मपरिवर्तन गरेर क्रिश्चियन बनाएको उनको भनाइ छ।

प्रकाशित मिति: May 23, 2016

प्रतिक्रिया दिनुहोस्