Logo
७ बैशाख २०८१, शुक्रबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमान मेरो निद्रा भंग गर्नेलाई कारवाही हुन्छ ?

श्रीमान् प्रमुख जिल्ला अधिकारी ज्यू,
जिल्ला प्रशासन कार्यालय, पर्वत

जिल्लाको सानो शहर कुृश्मा बजार त्यसमा पनि ससाना गल्ली भएको बजार विस्तारै भरिदै गएको छ । हिजो भन्दा आज । 

आज भन्दा भोली बजारमा ठूला ठूला घरहरु बनिरहेका छन् । जिल्लामा प्रदुषण पनि विस्तारै बढेको छ । बजारमा बस्ती बढेसँगै हरेक कुराको आयात बढेको छ । सवारी साधनको चाप पनि विगतको पाँच बर्षभन्दा ७० प्रतिशतले बढेकोको अुनमान छ । जसका कारण यताउता जताततै सवारी साधनको कोलाहलले कुश्मा बजार गुन्जिरहेको छ । जताततै सवारी साधनको चापले प्रदुषण बढिरहेको छ । हिजो स्वच्छ हावा हराबरा देखिने कुश्मा बजार आज ठूलाठूला भवनले छेकिदिएको छ । स्वच्छ हावालाई कैदी बनाइ कुन कुनामा राखिएको छ त्यसको पत्तो पनि अझै भैसकेको छैन ।
पेशाले म एक विद्यार्थी दिनभरीको पढाईको थकाइ, त्यसमाथि बजारमा कोठा भाडामा लिएर डेरामा बसेको मान्छे म, दिनभरीको थकाईलाई विस्राम गराउनको लागि लिएको कोठा आजभोली यस्तो लाग्न थालेको छ की श्रीमान कतै म पैसा लिएर जेल खरिद गरीरहेको छु । हरेक दिनको कोलाहलले मेरो निद्रा खराब भैरहेको छ तर पनि म केहि भन्न र गर्न सकिराखेको छैन । मध्यरातमा गल्लीमा गुड्ने ८ देखि १२ पाङ्ग्रेका ति ठूलाठूला ट्रकले मेरो निद्रा खराब गरीरहेको छ । त्यतिमात्र कहाँ होर श्रीमान दिनमा पनि त्यस्तै छ । न त रातमा निदाउन दिन्छ न त दिनमा बाटोमानै हिड्न । ती ठूला ट्रकले सानो गल्लीका रुपमा रहेका भित्रिबाटहरुमा जाम बनाइरहेका छन्। घुम्ती मोड्नको लागि घण्टौ लगाइदिन्छ जसका कारण तोकिएको ठाउँमा पुग्नको लागि मलाई कठिन भएको छ । रातभरीको निद्रा खराब बनाउने ति ट्रक मेरो दिन पनि खराब बनाउनको लागि बाटोमा लम्पसार परेर बसेका हुन्छन् । बाटो काटौ त कसरी कार्टौ रातमा ढुक्कसँग सुतौ त म कसरी सुतौ श्रीमान् । मेरो दिन  र रात खराब गर्ने, मेरो निद्रा भंग गर्ने यीनलाई कारवाही हुन्छ की हुदैन ?
श्रीमान , भित्रिबाटो र गल्लीका रुपमा रहेका साना बाटोमा यति ठूलो सवारी साधन चलाउनको लागि राज्यले अनुमति दिएको छ र ? मध्येरातमा नागरिकको निद्रा खराब गर्नको लागि के यीनीहरुलाई लाइसेन्स बाँडिएको छ  ? घुम्ती नपुग्ने सानो गल्लीमा चल्ने यस्ता ठूला सवारी साधनलाई कारवाहीको दायरामा ल्याउने कुनै कानून छैन ? मैंले सुनेको ठूला गाडी मेनरोडबाट भित्रि गल्लीमा प्रवेश गर्न पाउँदैन, नियम विपरीत हुन्छ भन्ने सुनेको छु के त्यो सत्य हो यदि हो भने मेरो दिन र रात खराब गर्ने सवारीलाई कारवाही होस् । ठूलो सवारी साधन रात र दिनमा गल्लीमा भित्राउने व्यापारीलाइ पनि पहिचान गरीयोस् र कारवाहीको दायरामा ल्याइयोस् । रातमा न त म निद्रामा रमाउन सक्छु न त दिनमा सहज रुपमा वाँटो क्रस गर्न सक्छु श्रीमान् । मेरो निद्रा भंग गर्नेलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याइयोस् । 
यता कुश्मा बजारमा घरबनाउने धनाढ्यहरुले बाटो बन्दनै गरी निर्माण कार्य थलानी गरेका छन् यसप्रति पनि सम्बन्धीत निकायको ध्यान जानु आवश्यक छ । घर बनाउनको लागि अनुमति र नक्सा पास गर्ने कुश्मा नगरपालिकाले बाटो नै बन्द गरी घर बनाउने अनुमति पनि दिएको हो की के हो नगरपालिका कार्यालयका हामिम सावले पनि जवाफ दिनुपर्छ । बाटो नै बन्द गरी यहाँका धनाढ्यले गरेको रेवैया र उधासिन र मुकदर्शक बनेर बसेका सरोकारवाला निकाय विच कुनै न कुनै साठगाँठ हुनुपर्छ हैन भने तत्काल नियम अनुसारको कारवाही होस् । 
सर्वसाधरण हिड्न पाउने बाटानै बन्द गरी घर बनाउनेलाई कानुनी दायरामा ल्याइयोस् । नागरिकको स्वतन्त्र रुपले हिड्न पाउने सार्वजानिक बाटो नै बन्द गर्ने प्रति कडा निगरानी राखिएयोस् ।
बोधार्थ ः
कुश्मा नगरपालिकाको कार्यालय पर्वत
उद्योग बाणिज्य संघ पर्वत,
जिल्ला ट्राफिक कार्यालय, पर्वत
सडक डिभिजन, बाग्लुङ

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्