Logo
८ बैशाख २०८१, शनिबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेसी मोर्चासँग छलफल गर्न सरकारले फेरी सर्वदलिय बैठक आब्हान गर्ने


काठमाडौ । पटक पटक बोलाउँदा नआएपनि सरकारले फेरि संयूक्त लोकतान्त्रिक मधेसी मोर्चासग छलफल गर्न सरकारले फेरी सर्वदलिय बैठक आब्हान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा दलहरुको सुझावको आधारमा सरकारले फेरि छलफलका लागि आब्हान गर्ने भएको हो ।
उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सर्वदलीय बैठकमा मधेसी मोर्चाले उठाएको मागलाई संबोधन गर्ने विषयमा छलफल भएको जानकारी दिदै सरकारले फेरि पनि छलफलका लागि सर्वदलिय बैठक आब्हान गर्ने जानकारी दिए । कानून मन्त्री अग्नी खरेलले मधेसी मोर्चाका नेताहरुसँग सहमति भएरै आज विहान नौ बजेकोलागि सर्वदलीय बैठक बोलाएको र उनीहरुकै आग्रहमा साढे दश बजेटसम्म सारेको जानकारी दिदै साढे नौ बजेट आएर अकस्मात मोर्चाले आउन नसक्ने जवाफ दिएको बताए ।
उनले प्रधानमन्त्री आफैले मोर्चाका नेताहरुसँग बैठक बोलाउने विषयमा कुराकानी गरेको भन्दै सोही आधारमा प्रधानमन्त्रीले गत बैशाख ३० गते मोर्चाले पठाएको पत्रको जवाफसहित प्रधानमन्त्रीले पत्र पठाएको बताए । खरेलले मधेस आन्दोलनमा घाईते भएकाको उपचार, क्षतिपूर्ति र शहीद घोषणको विषयमा काम भईसकेको र अरु विषयमा पनि काम भईरहेको जानकारी दिदै मधेसी मोर्चा नआउँदा आफूहरु आश्चर्यमा परेपनि फेरि सरकारले बार्ताकोलागि आब्हान गर्ने बताए ।
नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले प्रधानमन्त्रीले बैठककोलागि बोलाएको पत्र अनुसार नै छलफल भएको भन्दै प्रधानमन्त्री मधेसी मोर्चासँग बार्ता गरेर माग पुरा गर्न लचिलो पाएको बताए । उनले आफ्नो पार्टी बार्ताबाटै समस्याको समधानको पक्षमा रहेको स्पष्ट पार्दै सरकारले फेरि बार्ताकोलागि बोलाउनु पर्ने सुझाव दिएको बताए । बैठकमा नेपाली काग्रेसले हल्ला खल्ला र हल्का टिप्पणी गरेर मात्र आन्दोलनरत पक्षसँग बार्ता हुन नसक्ने भन्दै गंभिर गृहकार्य गरेर परिणामुखि बार्ता गर्न सुझाव दिएको थियो ।
बैठकमा काग्रेस नेता महेश आचार्यले मधेसी मोर्चालाई सहमतिमा नलिई संविधान कार्यान्वयन हुन नसक्ने दावी गर्दै प्रधानमन्त्रीले आब्हान गरेर मात्रै बार्ता हुन नसक्ने तर्फ सचेत गराएका थिए । आचार्यले भने,‘ होमवर्क नगरी बार्ताको आब्हान गर्दा परिणाम आउँदै । पहिला बार्ताको बातावरण निर्माण गरौ, हल्ला खल्ला र हल्का टिप्पणी गर्न छाडौ ।’ आचार्यले परिणाम मुखि बार्ताकोलागि सरकारलाई काग्रेसले पनि सहयोग गर्ने भन्दै मोर्चालाई विश्वासमा लिन सुझाव दिए ।
बैठकमा काग्रेसले मधेसी मोर्चासँग बार्ता गर्न सर्वदलीय बैठक बोलाए पनि मोर्चा नै अनुपस्थिति भएपछि यस्तो बैठकको के अर्थ भनि टिप्पणी गरेको थियो । आचार्यले सरकारले ल्याउन लागेको बजेट पपुलिष्ट नभई बस्तुनिष्ट भएर आउनु पर्ने भन्दै सरकारलाई कालोबजारी र तस्करी नियन्त्रण गर्न सुझाव दिएका थिए ।

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्