Logo
१२ श्रावण २०८१, शनिबार
(May 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी सहित नक्कली डलर र भारु नोट कारोबारी गिरोह सक्रिय

काठमाडौं ।  नक्कली नोट कारोबारमा संलग्न पाकिस्तानी सहित सात जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा पक्राउ परेका आरोपीलाई मगलवार सार्वजनिक गरेको हो । 
नक्कली अमेरिकी डलर १९ हजार ५ सय र ३६ लाख नक्कली भारतीय रूपैयाँसहित एक पाकिस्तानी नागरिक पनि पक्राउ परेका छन्। प्रहरी प्रधान कार्यालय विशेष ब्युरोको सूचनाका आधारमा महानगरीय प्रहरी परिसरको टोलीले पाकिस्तानी नागरिक शमा नाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापाको उपस्थितिमा उनीहरूलाई सार्वजनिक गरिएको हो । 
सार्वजनिक गरिएकाहरुमा जिरी ७, दोलखा घर भई महाराजगन्ज बस्ने मीरा जिरेल, बुढानिलकण्ठ-१ कपनका सुमन मल्ल, सप्तरी मलहन घर भई धुम्बाराही बस्ने तारणीप्रसाद ठाकुर, लहान बस्दै आएका भारत बिहारका बैजनाथ गुप्ता, बुटवल-३ कालिकानगर घर भई गोंगबु बस्ने विजय शर्मा, जुहाङ-५ गुल्मी घर भई हाल टोखा महादेवटार बस्ने सनद प्रधान र सिलगढी-२ डोटी घर भई कालोपुल बस्ने अमृतमान श्रेष्ठ रहेका छन् । उनीहरुको साथबाट १९ लाख ८७ हजार बराबरको भारतीय नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: May 24, 2016

प्रतिक्रिया दिनुहोस्