Logo
१२ बैशाख २०८१, बुधबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबार गेटको तस्वीर खिच्दा झा पक्राउ


काठमाडौं ।
सिंहदरबार गेटको तस्वीर खिचेको आरोपमा पत्रकार शेषनारायण झा पक्राउ परेका छन् । ललितपुर पत्रकार महासंघले दिएको जानकारी अनुसार, पत्रकार झालाई सिंहदरबार गेटबाट सोमबार जेठ १० गते पक्राउ गरिएको हो । 
सिंहदरवार गेटको तस्विर खिँचेको आधारमा समयबोध म्यागजिनका पत्रकार शेषनारायण झा लाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ ललितपुर शाखाको गंभीर ध्यानाकर्षण भएको छ । सोमबार जेठ १० गते बेलुका घर फर्कने क्रममा सिंहदरवार गेटको तस्वीर खिच्दै गर्दा उनलाइ प्रहरीले पक्राउ गरेको थियो । 
विज्ञप्तिमा भनिएको छ, ‘तस्वीर खिचेकै भरमा अपराधीलाई जस्तै पक्राउ गर्नु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको गंभिर उल्लघंन हो । यो संबिधान र कानुनको पनि बर्खिलाप हो । यस घटनाले लोकतन्त्रको मुख्य आधारस्तम्भ मानिने अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र प्रेसमाथि अंकुश थापेर सरकार पुन निरङकुशतातिर फर्कन लागेको अनुभुती भएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखा यस घटनाको घोर निन्दा गर्दै उनलाई तत्काल रिहा गर्न माग गर्दछ । साथै प्रक्राउ कार्यमा संलग्न प्रहरीलाई कार्वाही गर्न सरकारसंग जोडदार माग गर्दछ ।’

महानगरीय प्रहरी वृत सिंहदरवारका डिएसपी प्रजित केसीको सिंहदरवार लगायत बालुवाटारमा विरोध स्वरुप रातो रंग पोत्ने इशानको सहयोगी रुपमा झा रहेको पाइएको कारण पक्राउ गरिएको दाबी छन् । ‘दुई पटकसम्म सम्झाउँदा पनि रंग पोत्ने काम नरोकेको कारण उनीहरुलाई पक्राउ गरिएको र सार्वजनिक मुद्दा लगाउने तयारी गरिएको छ,’ उनले भने ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्