Logo
१६ चैत्र २०८०, शुक्रबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविवाहित मन्त्री र दर्शककै सामु श्रीमानलाई चड्कन !

काठमाडौं । अविवाहित मन्त्रीलाई प्रमुख अतिथि बनाई आफू प्रायोजक रहेको संस्थाबाट आफैं सम्मानित हुने ३ वटी घोषित श्रीमतीका श्रीमान् मन्त्रीकै सामु श्रीमतीबाट कुटिएका छन् ।
गत शनिबार राष्ट्रिय नाचघरमा राष्ट्रिय लोक सांस्कृतिक संघको ब्यानरमा सफलता हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रालि, प्रोप्राइटर गोविन्दबहादुर खड्काको प्रायोजनमा स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएको थियो ।
प्रमुख अतिथि मन्त्रिमण्डलकै एक मात्र अविवाहित सदस्य सूचना तथा सञ्चारमन्त्री शेरधन राई थिए । स्रष्टा सम्मान भने पनि २ लाख रुपैयाँ लगानी गरेका जग्गा व्यवसायी गोविन्दलाई सम्मान गर्नु मुख्य उद्देश्य थियो ।
गोविन्दले झुक्याएर तेस्री श्रीमती बनाएकी सीता केसी संघको संस्थापक सदस्य हुन् । उनी पनि कार्यक्रममा उपस्थित थिइन् । उद्घोषकले स्रष्टाका रुपमा २ लाख दिएर कार्यक्रम आयोजना गर्ने गोविन्दलाई नै प्रमुख अतिथिबाट सम्मान गरिने उद्घोष गरे ।
मन्त्री खादा ओढाई प्रमाणपत्र दिई सम्मान पनि गरे । बधाईको क्रम सुरु भयो । गोविन्दलाई बधाई दिन दर्शकदीर्घामा बसेकी झुक्याएर सीता पनि गइन् ।
जेठमा जनकपुरको जानकी मन्दिरमा बिहे गरेपछि तीन महिनासम्म सीताकै बूढानीलकण्ठस्थित घरमा बसेका र सोही घर बैंकमा राख्न लगाई १० लाख हात पारे सम्पर्कविहीन भएका गोविन्दसामु पुग्नासाथ उनलाई झनक्क रिस उठ्यो ।
रिसको आवेगमा केही सोच्नै नसक्ने भएकी सीताले श्रीमान्लाई मन्त्री र दर्शककै सामु एक चड्कन लगाइन् । गाला रातो हुने झापटले रन्थनिएका गोविन्दले तथानाम गाली गर्न थाले ।
सीताले मसँग बिहे गरी उल्टै मेरो घरसमेत बैंकमा राखेर अहिले अर्की केटी च्यापी हिँड्नेलाई अझै पुगेको छैन भनिन् । त्यसपछि गोविन्दले म यो केटीलाई चिन्दिनँ, पुलिस बोलाएर थुन्न लगाऊ भने। 
मन्त्रीकै सामु प्रहरी बोलाएर सीतालाई दरबारमार्ग प्रहरीवृत्त पु¥याइयो । अनुसन्धानका क्रममा पत्ता लाग्यो कि गोविन्द सीताका श्रीमान् हुन् ।aश्रीमतीको कुटाइबाट प्रमुख सम्मानित व्यक्तित्व अपमानित भएपछि भाँडिएको कार्यक्रमबाट मन्त्री हिँड्नासाथ फेरि प्रहरी पुगेर गोविन्दलाई दरबारमार्ग पु¥यायो ।
उनले त्यहाँ सीता र गोविन्दबारे सबै जानकारी राख्ने एक कानुन व्यवसायी महिलासामु फेरि सीतालाई गम्भीर आरोप लगाए ।कानुन व्यवसायी महिलाले बिहे गरेकोदेखि सीताले दुःख गरेर बनाएको घर पनि बैंकमा राखी पैसा लगेको बताउँदा गोविन्द अक्क न बक्क भए ।
जनआस्थाका अनुसार प्रहरीले यदि तपाईँकी श्रीमती होइनन् भने कारबाहीका लागि निवेदन लेख्नुभन्दा गोविन्दले मेरी श्रीमती हो, माफ गरेँ भने ।
एकमुष्ट सस्तोमा जग्गा किनी घडेरीका रुपमा महँगोमा बेचेर कमाउने र नयाँ नयाँ युवतीसँग सम्बन्ध विस्तार मात्र नभएर बिे नै गरिहिँड्ने गोविन्द सञ्चारमन्त्री नै मेरो मानिस छ त पत्रिकामा कसरी मेरोबारे समाचार आउँछ भनी सीतालगायत युवतीलाई गफ दिने गर्छन् । उनी गत वर्ष मात्र राप्रपाबाट एमालेमा छिरेका हुन् ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्