Logo
८ बैशाख २०८१, शनिबार
(May 25, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानसेनापतिले रुक्माङद र छत्रमानको झाँको झारेपछि..!

काठमाडौ । किताब निकाल्ने पूर्व प्रधानसेनापतिहरु रुक्माङगद कटवाल र छत्रमान सिंह गुरुङ्ग प्रति नेपाली सेनाका बर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीले आक्रोस पोखेका छन् ।
आज नेपाली सेनाका अधिकृतहरुको भेला गरेर प्रधानसेनापति क्षेत्रीले आक्रोस पोखेका हुन ।
दुई प्रधानसेनापति कटवाला र गुरुङ्गले आत्मबृतान्तको नाममा सेना भित्रका सूचनाहरुलाई बाहिर ल्याएको भन्दै आक्रोसीत भएका हुन् ।
अधिकृतहरुलाई संबोधन गर्दै क्षेत्रीले दुई पूर्व प्रधानसेनापतिहरुले आत्मबृतान्तको नाममा किताब निकालेर नेपाली सेनाको भित्री कुराहरु र गोप्यता भंग गरेको आरोप लगाउँदै नेपाली सेना संबेदनशिल विषय भएकोले त्यस्तो कुराहरु बाहिर ल्याउन नहुने बताएका थिए ।
सेनापति क्षेत्रले यसरी सेनाका भित्री कुरा बाहिर ल्याएर छताछुल्ला पार्नु गलत भएको भन्दै सुरक्षा नीतिको विषयमा भएको कुराका बाहिर ल्याउँदा राम्रो नभएको तर्क गरेका थिए ।
सो क्रममा सत्यनिरुपण तथा मेलमिलाप आयोगको काम कारवाही र द्धन्दकालिन घटनाको विषयमा पनि क्षेत्रीले अधिकृतहरुलाई बताएका थिए । कार्यक्रममा त्यस सम्बन्धी कानूनी र बैद्यानिक ब्यवस्थाको विषयमा ब्रिफिङ गर्न महान्यायधिवक्ता हरि फुयाललाई पनि बोलाईएको थियो ।
सो क्रममा क्षेत्रीले सरकारको निर्णय अनुसार द्धन्दकालमा सेना परिचालन भई ईन्भल्प भएको भन्दै यस विषयमा कसरी जाने भन्ने विषयमा सुझाव मागेका थिए ।

प्रकाशित मिति: May 25, 2016

प्रतिक्रिया दिनुहोस्