आमा बुटबल गएको मौका पारेर मनिषाको हत्या !
नवलपरासी । फुडबल स्ट्राइकर बिमल घर्तीकी १७ वर्षकी बहिनीको हत्या भएको छ । १७ वर्षकी यूवती मनिषा घर्तीमगरको बुधबार राति हत्या भएको हो । नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहाको घरमा एक्लै रहेकी मनिषाको राति हत्या भएको नवलपरासी प्रहरीले जनाएको छ । उनी कक्षा ११ मा अध्ययनरत थिइन् ।
मनिषाकी आमा बुटबल गएको मौका पारेर उनमो हत्या भएको हो । राति आमा नफर्किएपछि मनिषा घरमा एक्लै थिइन् । अन्य समयमा आमा घरमा नहुँदा नजिकैको घरमा रहनुभएका काका, हजुरवुबा आउने गर्थे तयो दिन बुधबार हजुरबुबा पनि नआएको समाचार स्रोतले बताएको छ ।
घटनाको बारेमा अनुसन्धान गर्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनिषाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल नवलपरासी पुर्याइएको छ ।