Logo
२६ बैशाख २०८१, बुधबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशील कोइरालाको मृत्युको ३ महिना, उपचार खर्च बल्ल !

काठमाडौँ । मृत्यु भएको तीन महिनापछि अर्थ मन्त्रालयले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको उपचार खर्च वापत तीन लाख रुपैयाँ निकासा गरेको छ।
कोइरालाको निधन गएको वर्ष माघको अन्तिम साता भएको हो। अर्थ मन्त्रालयले भने वैशाख महिनामा बजेट उपशीर्षक नम्बर ६०२०१५३ मा ३ लाख ३ हजार ७ सय २९ रुपैयाँ निकासा परराष्ट्र मन्त्रालयको नाममा गरेको हो । 
तत्कालीन मन्त्रिपरिषद्ले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो। यस अनुसार उनले अमेरिकामा उपचार गराउँदा त्यतिबेला निकासा भएको रकम अपुग भएपछि अहिले यति रकम निकासा भएको हो ।
कोइरालाको जिब्रोको क्यान्सर उपचार अमेरिकामा भएको थियो। यसको फलोअपका लागि उनी पछिल्लो पटक निधन हुनु तीन महिनाअघि अमेरिका गएका थिए। 

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्