यातायात सञ्चालनमा अवरोध पुर्याउने १७० बन्दकर्ता पक्राउ
काठमाडौं । जबरजस्ती यातायात सञ्चालनमा अवरोध पुर्याउने १७० बन्दकर्तालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले यातायात सञ्चालनमा अवरोध गर्ने १७० जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए।
उनले बन्दकर्ताले राजधानीको चाबहिल र कालिमाटीबाट २ ओटा ट्याक्सीमा समेत तोडफोड गरेको जानकारी दिए ।
यातायात व्यवसायीले ट्राफिक कारबाही शुल्क बृद्धिको विरोधमा आज सार्वजनिक यातायात बन्दको आह्वान गरेका हुन् ।