Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामेछापमा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु


रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा न. १ मा बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । 
दुर्घटनामा परि मृत्यु हुनेहरुमा हिमगंगा गाविस वडा नं.–२ का जेनिमाया तामाङ, लालकुमारी तामाङ, एक बहादुर आलेमगर, सोही गाविस वडा नं. ७ का पुष्पा मगर र वडा नं. १ का नवराज मगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको बिहीबारे हाट हेरेर घर फर्केका हिमंगंगाका स्थानीयले रिर्जभ गरि लिएर गएका विपी यातायातको ना१ज ४१६१ नम्बरको बोलेरो जीत ओख्रेनीमा दुर्घटना भएको हो ।
सो जीपमा १३ जना यात्रु रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएकोहरुको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहको छ । सात जना घाइतेमध्ये तीन जनाको अस्वस्था चिन्तजन रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । फोटो साभार : रातोपाटी 

प्रकाशित मिति: May 26, 2016

प्रतिक्रिया दिनुहोस्