Logo
७ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्युनिखबासी नेपालीहरु माझ हुन् गइरहेको बिशाल मह जात्रा

जर्मनी  । नेपालका ख्यतिप्राप्त हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य र अन्य कलाकारहरुको यूरोप भरि गरिएको मह जात्रा कार्यक्रम म्युनिखमा पनि हुने भएको छ ।
 
म्युनिखबासी नेपालीहरुको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रम आगामी ३ जुन २०१६ शुक्रबारका  दिन  म्युनिखकोमा बेलुकाको ५.३० बजे देखि सुरु हुने भएको छ ।

म्युनिखबासी नेपालीहरु माझ हुन् गइरहेको बिशाल मह जात्रा २०१६ कार्यक्रमको लागी दर्शकहरु उत्साहित मात्रै नभएर आतुर रहेको टिकट बिक्रीले देखाएको  हुनाले दर्शकहरुले उल्लेखीय रुपमा उपस्थिति रहने अनुमान गरिएको छ ।

टिकटको छपाईका लागि स्थानीय नेपाली रेस्टुरेंट याक एन्ड यतिका संचालक राम  गुरुङ्गले सहयोग उपलब्ध गराउनु भएको छ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्