Logo
७ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजदूत सिफारिस भएका महेन्द्र पाण्डे अख्तियार धाउदै

काठमाडौं । छिमेकी देश भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ता बोलाएर सरकार आलोचित बनेको छ । 
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिपकुमार उपाध्यायलाई भारतको राजदूत बनाउँदा पनि नेकपा एमाले वामपन्थीहरुलाई सडकमा छाडेर सिंहदरबार छिरेको थियो । त्यही सरकारका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई ओली सरकारले चीनको राजदूतका लागि सिफारिस गरेको छ ।

तर तीनै पाण्डे अख्तियारमा धाइरहेका छन् । वयानका लागि पाण्डेसँग एमालेका राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे पनि अख्तियारको छानबिनमा छन् । सम्पत्ति छानबिनका लागि उनीहरु अख्तियारको घेरामा परेका हुन् । ओली गुटका महेन्द्र पाण्डे परराष्ट्रमन्त्री बन्दा सक्षम देखिएनन् ।

उनले भारतीय विस्तारवादको सेवक बनेर भारतले नेपालमाथि लगाएको नाकाबन्दीको अन्तर्राष्ट्रिय मञ्चहरु समेत यथार्थ बताउन सकेनन् । सरकारले नेपालले भारत र चीनलाई समान दूरीमा राख्छ भन्ने देखाउन भारतमा पूर्वमन्त्री पठाएकोले चीनका लागि पनि पूर्व परराष्ट्रमन्त्रीलाई नै छानेको थियो ।

तर महेन्द्र पाण्डे अख्त्यिार धाउनुले सुनुवाईको बेला समितिले नाम स्वीकृत गरेपनि एग्रिमो आएन भने अर्को अनुहारको खोजी गर्नैपर्छ । पाण्डे परराष्ट्रमन्त्री बन्दा पत्रकारका नाममा एनजिओ प्रेमीलाई आफूसँगै विदेश भ्रमण गराउथे ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्