Logo
१२ बैशाख २०८१, बुधबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१६ वर्षकी किशोरीले जन्माइन् तिम्ल्याहा बच्चा

जुम्ला  । पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीन शिशु जन्माएकी छिन् । उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ती शिशु जन्माएकी हुन् । 
अस्पतालले जनाएअनुसार पहिलो बच्चा एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो शिशु एक हजार ४०० ग्रामको जन्मिएको छ । 
अस्पतालका नर्सिङ अधिकृत सविना थापाले दिएको जानकारी अनुसार २ शिबु जिवितै छ भने एउटाको मृत्यु भयसकेको छ । 
उनका अनुसार पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा तथा तेस्रो सन्तान छोरी भने मृतावस्थामा जन्मिएका हुन् । आमाको स्वास्थ्यवस्था भने सामान्य रहेको बताइएको छ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्