Logo
१३ बैशाख २०८१, बिहीबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नियमावली मस्यौदामा देखिएको विवाद मिलाउन प्रयास

काठमाडौं । व्यवस्थापिका संसद् सञ्चालन नियमावलीको मस्यौदामा दलहरुबीच देखिएको विवाद अन्त्यका आज प्रयास गरिदै छ । सभामुख ओनसरी घर्तीको पहलमा प्रयास थालिएको हो । 
संसद बैठकमा आज मस्यौदा प्रतिवेदनमा दर्ता भएका संशोधन प्रस्तावमाथि दफावार छलफल सुरु हुनु पूर्व सहमतिको प्रयासमा सभामुख घर्तीले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दैछिन् ।

छलफलमा सत्तासाझेदार दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई बोलाईएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

नियमावली मस्यौदा समितिले संसदमा प्रस्तुत गरेको फरक मत सहितको प्रतिवेदनमाथि सत्तारुढ र प्रमुख प्रतिपक्षी कांग्रेसले २–२ तथा नेमकिपा, जनता दल र खम्बुवान राष्ट्रिय मोर्चाले छुट्टाछुट्टै संसोधन प्रस्ताव दर्ता गरेका छन् ।

सत्तापक्ष र प्रतिपक्षको छुट्टाछुटै संसोधन प्रस्तावमा सुनुवाईका लागि प्रस्तावित नाम अस्वीकार गर्न समितिको दुई तिहाई आवश्यक पर्ने अभ्यासलाई निरन्तरता दिनेमा समानता देखिएपनि सुनुवाई समितिको सदस्य संख्यामाथिको विवाद भने कायमै छ ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्