Logo
१३ बैशाख २०८१, बिहीबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायनदेखि मोडलिङसम्म गायिका अनु गुरुङ


काठमाडौँ  । गुल्मी-९ दिबुङ स्थायी निवासी गायिका अनु गुरुङ काठमाडौँलार्इ कर्म भूमि बनार्इ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन सफल चर्चित नाम हो । नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका अनु गुरुङ ।
विभिन्न मेला महोत्सव स्टेज कार्यक्रमदेखि अन्य धेरै कार्यक्रमहरुमा सधैँ व्यस्त रहने गायिका अनुले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन् । दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरिसकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्यूजिक भिडियोहरुमा आफैँ मोडलिङ गर्दै आएकी छिन् ।
गुरुङले हालसम्म नजरैको तिरले, बगेको खोली, बजाई देउ ताली तरर, नानु तिमीलाई, तिजको दर खाने, आमाको याद, कौड़ा र खोली भए, तिमीलाई अन्तिम, सुनकै बाला जस्ता एक दर्जनभन्दा बढी एल्बमहरू बजारमा ल्याईसकेकी छिन् । बिशेष गरि लोक दोहोरि क्षेत्रमा चर्चित बन्न सफल गायिका अनुमा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ । 
उनी भन्छिन्, ‘म गायन र मोडलिङलाइँसँगै लिएर जान्छु र यो क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गर्छु ।’ आफूलार्इ गायिका तथा मोडेल भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तनसँगै सुन्दर मनकि पनि धनि छिन् । सरल सधैँ हाँसेर बोल्ने अतिनै मिलनसार स्वभावकि मिठो आवाजको धनि गायिका अनुले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन् ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्