Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वार्ता पत्र नभएको भन्दै, गठवन्धन रिले अनशन बस्ने

काठमाडौं । सरकारले पठाएको वार्ता पत्र नपाएको भन्दै मधेशी जनजातीको संघीय गठवन्धनले अब रिले अन्सन बस्ने निर्णय गरेको छ । संघीय गठवन्धनले जेठ १७ गतेपछि काठमाडौंमा रिले अनशन बस्ने निर्णय गरेको हो । 
गठन्धनले अहिले काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेको छ र, यो भोलि शनिबार सकिनेछ । १६ र १७ गते मधेसमा आमसभा राखिएको छ । त्यसपछि काठमाडौंको कुनै एक स्थानमा १२ घन्टे रिले अनशन बस्ने र त्यसलाई जिल्ला जिल्लामा विस्तार गर्ने निर्णय भएको छ ।

यता, वार्ताको आहृवानसहित आफ्नो नाममा पत्र नआएसम्म सरकारसँग वार्तामा नबस्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र वार्ताको आहृवानसहित मधेसी मोर्चालाई पत्र लेखेका थिए । प्रधानमन्त्रीको पत्रलाई लिएर मधेसी मोर्चाका नेताहरुको फरक(फरक धारणा आएपछि शुक्रबार गठवन्धनको बैठक बसेको छ । 

बैठकमा गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीले पठाएको भनिएको पत्रै नपाएको बताए । संघीय गठवन्धनको बैठकले मधेसी मोर्चालाई नभई संघीय गठवन्धनलाई पत्र पठाए मात्र वार्तामा बस्ने निर्णय गरेको छ । 
साथै वार्ताका लागि आन्दोलनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा, पीडित परिवारलाई राहत, पक्राउ नेता कार्यकर्ताको रिहाइका साथै राजनीतिक मुद्दामा छलफल गर्न तयार रहेको प्रतिवद्धता लगायतका पूर्व सर्तहरु समेत पुरा गर्नु पर्ने संघीय गठवन्धनले बताएको छ । # फाइल: तस्विर

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्