Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरमा मृत फेला परेकी, विमलकी बहिनी मनिषाको अन्त्येष्टि


काठमाडौं । राष्ट्रिय फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषा घर्तीको अन्त्येष्टि गरिएको छ । मनिषा बुधबार राति नवलपरासीस्थित आफ्नै घरमा मृत फेला परेकी थिइन् । 
विहीबार उनको शवलाई काठमाडौं ल्याइएको थियो । शुक्रबार शिक्षण अस्पतालमा शव पोस्टमार्टमपछि उनको आर्यघाटमा अन्त्येष्टि गरिएको हो । 
आर्यघाट शवसँगै पुगेका विमल बहिनीको अन्तिम विदाईमा धरधरी रोएका थिए । उनकी आमाले पनि आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् ।
बहिनीको मृत्युको खबर सुन्दा विमल बेल्जियममा थिए । अन्तिमपटक बहिनीको मुख उनी आज विहान काठमाडौं आएका थिए ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्