Logo
१५ चैत्र २०८०, बिहीबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राष्ट्रपति यादव भन्छन ‘मधेसीको असन्तुष्टिको सम्बोधन गर्नैपर्छ’

जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक जटिलताको अन्त्यका लागि स्थिर संविधानको खाँचो औँल्याएका छन् ।
धनुषा जिल्लाको बघचौरा उच्च माध्यमिक विद्यालयमा आज आयोजित छात्रछात्रासँग संवाद कार्यक्रममा उहाँले मधेसीको असन्तुष्टिको सम्बोधन गरी संविधानलाई स्थिरता दिनुपर्नेमा जोड़ दिए ।
उनले वार्ता, संवाद र लोकतान्त्रिक प्रक्रियाद्वारा मधेसको समस्या समाधान गर्न सबै दलको भूमिका अपरिहार्य छ भन्दै संविधान संशोधनले समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
एक प्रश्नको जवाफमा पूर्व राष्ट्रपति डा यादवले सङ्घीय संरचना अनुरूप कार्यदिशा तय भएमा केन्द्रको राजस्व केन्द्रमा र राज्यको राजस्व राज्यमा वितरण भई असमानता एवम् विभेद्को अन्त्य हुने धारणा राखे ।
छोराछोरीमा विभेद, बालविवाह, दाइजो र बेरोजगारीको मुख्य जरो समाज, परम्परा, शिक्षा, राजनीति र संस्कृति भएको चर्चा गर्दै उनले समाजमा चेतनाको विकास र अग्रसरताको जरूरी छ भने । 

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्