Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी मिलाउनु र फलामे च्युरा चपाउनु ,देउवालाई उस्तै !

नेपालको राजनिति पृष्ठभूमिमा छुट्टै किसिमको पहिचान साथ अगाडी बढि रहेको मुलुककै पहिलो पार्टी नेपाली कांग्रेस १३औं महाधिवेशन पश्चात सोचे अनरूप चल्न सकि रहेको छैन ।

१३औं माहाधिवेशनको पूर्व सन्ध्यामा पूर्व सभापति शुशिल कोईरालाको असामयिक निधन पश्चात पार्टी भित्र अन्यौलको वातावरण सृजना भएको थियो।यसै अन्यौलका बाबजुत पनि नेपाली कांग्रेस पार्टीले तोकिएको समयमा १३औं महाधिवेशन त सम्पन्न गर्यो तर माहाधिवेशनको दौडानमा भएका घटनाहरूलाई अवलोकन गर्ने हो भने स्वच्छ मन मस्तिष्कले बीपीको समाजबादलाई अंगालेर हिडेका निष्ठावान नेता कार्यकर्तालाई भने नराम्रो तवरबाट आघात पुर्यायो।

माहाधिवेशनका लागि चयन भएर गएका माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधिहरू नयाँ र पुराना पीढिहरूले शेर बहादुर देउवा ,खुम बहादुर खड्का लगाएतका नेताहरूलाई चयन गरे । आखिर किन यस्तो परिणाम आए भन्नका लागि बिबिध कारणहरू भए पनि पार्टी भित्र संस्थापनको बिगुल फुक्दै निष्ठाको राजनिति गर्ने राम चन्द्र पौडेल जस्ता नेतालाई नराम्रो संग पाखा लगाई दिए।

पार्टीको बिधान अनुसार माहाधिवेशन भएको दुई महिना भित्र नयाँ कार्य समिति चयन गरी सक्नु पर्नेमा अहिले ३ महिना कट्न लागि सक्दा पनि कार्य समिति बिस्तार गर्न सकिएको छैन।यस्तो हुनु भनेको एकदमै नराम्रो कुरा हो।पार्टीको बिधानलाई साथमा लिएर अगाडी बढ्नु पर्नेमा बिधानलाई नै कुल्चिने प्रयत्न गर्दै छन।देउवा बाट नै बिधान संवत काम कार्बाही हुन नसक्दा पार्टी भित्र अन्यौलको स्थिति सृजित हुँदै छ।यदि यहि तवरबाट अगाडी बढ्यो भने तीन महिना त के ६ महिना सम्म पनि देउवाले कार्य समिति बिस्तार गर्न सक्दैनन्।यिनले बिगतका दिनमा सभापति पदमा बिजय हासिल गर्नका लागि नेताहरूलाई दिएको बचन पुरा गर्न निकै कठिन छ।

देउवा पक्षका नेताहरू खुम बहादुर खड्का,बिमलेन्द्र निधि,बालकृष्ण खाँड,प्रकाश शरण महत लगाएत केहि नेताहरूलाई मिलाएर लैजानु भनेको यिनलाई फलामको च्युरा चपाए सरह नै हुनेछ।माहाधिवेशनको दौडानमा खुम बहादुर खड्का बिरामी अबस्थामा भए पनि देउवालाई दिएको बचन अनरूप माहाधिवेशन स्थानमै गएर भोट मागेका थिए भने यिनकै पक्षका मतबाट देउवा बिजयी भएका थिए।जसरी खुम बहादुरले देउवालाई सहयोग गरेका थिए त्यस्तै सहयोग देउवाबाट हुने देखिएन।त्यहि बिश्वास नभएर नै अहिले यो स्थिति सृजना भएको हो।

जब सम्म पार्टी भित्र सबै गुट उपगुटलाई अन्त्य गराएर कार्य समिति तयार गरीदैन तब सम्म पार्टी अन्यौलको भुमरीमा रूमलि रहने छ।सत्तारूढ पार्टी एमाले भित्रकै बरिष्ठ नेता द्वय माधव कुमार नेपाल र झलनाथ खनाल प्रम केपी ओली संग असन्तुष्ट भए झै कांग्रेस भित्र पनि त्यस्तो माहौल सर्बबित नै छ।त्यसैले देउवाले पनि एकलौटी तवरबाट पार्टी संचालन गर्छु भन्नु मुर्खाई शिवाय केहि होईन।बिगतमा झै सबैलाई मिलाएर लान सकेन भने नेपाली कांग्रेस भित्र कयौ गुटहरूले जन्म लिने छ।

पछिल्लो समय आकलन गरीए अनुसार हाल नेपालमा ६२ प्रतिशत बामपन्थीहरू छन्।देश नै कम्युनिष्ट मयी बनी रहेछ कारण अहिले एमाले सरकारमा छ र केपी ओलीले राम्रा कार्य योजनाहरूको सपना जनता माझ बाड्दै छन र जनता उहाँको उखाने भाषणमा नै मख्ख भई रहेको छ।त्यहि सपनाले नै जनताहरूलाई एमाले प्रति उत्प्रेरणा जगाएर आकर्षित गर्दैछन।

यदि यो समयमा कांग्रेस अलिकति पनि चुक्यो भने कांग्रेसले चुनावी दौडानमा हार बेहोर्ने पक्का छ।चाहे त्यो स्थानीय चुनाव होस चाहे संसदीय चुनाव होस तसर्थ कांग्रेस पार्टीलाई म हाक्न सक्छु भनेर केन्द्रिय कमिटीमा बिजय हासिल गरेका नेताहरूले गम्भिरताका साथ सोच्न जरूरी छ।बेलैमा बिचार पुर्याउन सकेन भने बीपी कोईराला,शुवर्ण सम्सेर ,गणेश मान सिंह,कृष्ण प्रसाद भट्टराई,गिरीजा प्रसाद कोईराला,शुशिल कोईराला लगाएत नेपाली कांग्रेस पार्टीको झण्डा बोकेर देशको मुहारमा खुशी ल्याउने छु भनी जीवनको आहुति दिनु हुने वीर शहिदहरूको आत्माले पिरोली रहने छ।

बर्तमान अबस्थामा एमाले ,माओबादी ,राजाबादी मिलेर बनेको सरकारले जनताका हितका लागि ल्याउन लागेको बजेटले कांग्रेसलाई पक्कै पनि धक्का लाग्ने छ।किनकी केपी ओलीले आफ्नै पाराले सरकार चलाएर जनता माझ लोकप्रिय बन्ने कोशीश गर्दै छन्।मनमोहन अधिकारीको ९ महिने कार्यकालमा सुरूवात गरेको बृद्ध भत्तालाई एमालेकै सरकार भएको बेलामा अझै केपी ओली भएको बेलामा ५०० बाट बढाएर २००० पुराउनेमा छन रे।बिगतका दिनमा कांग्रेस कति पटक सत्तामा जाँदा किन यो कुरालाई सोच्न सकेन?

किन कांग्रेस जनता मुखि बनेनन्?चीन संगको पारवहन सम्झौता किन कांग्रेसको पालामा हुन सकेन?असाहाय गरीव मृगौला पीडित जनताहरूको लागि निशुल्क डाईलोसिसको ब्यबस्था किन कांग्रेसको पालामा भएन र किन केपी ओली निशुल्क गराए?पेट्रोल ग्यास उत्खनन कार्य २०४५/४६ सालमा भए पनि कांग्रेस सत्तामा रहदा किन निरन्तरता दिन सकेन?अहिले २०७३ मा आई पुग्दा केपी सरकारमै भएको बेला किन भयो? किन कांग्रेसलाई भारत परस्त भनियो? यस्ता बिबिध कारणहरूले गर्दा नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई निकै नै चोट पुग्ने गरेको छ।

त्यसैले पार्टी सभापति देउवा देखि तल्लो तहमा रहेका नेता कार्यकर्ताहरूले पनि यस्ता कुराहरूलाई मनन गर्न जरूरी छ ।  नेपाली कांग्रेस पार्टीले केपी ओली ले झै सपना नदेखे पनि जनताको सुख दु:खमा त साथ दिन सक्छ नी।नेताहरू केन्द्रमा बसेर होईन जन स्तरमा गएर राजनिति माहौल बुझ्नुका साथै जनतासंग सुख दु:ख साट्न सकेको खण्डमा मात्र जननेता बन्न सकिन्छ।देउवा कै कार्यकाल देखि नै नेता कार्य कर्ताहरू सबैलाई  मिलाएर लैजाने कोशीश गर्नु पर्यो र कांग्रेसमा जनलहर छाउने वातावरण सृजित गर्नु पर्यो।यदि यस्तो माहौल सृजना गर्न सकेन भने कालन्तरमा न त कांग्रेस रहन्छ न त कांग्रेसी नै।

कर्ण बहादुर अधिकारी

संस्थापक सचिव

नेपाली जनसम्पर्क समिति मकाउ,चीन।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्