Logo
१२ श्रावण २०८१, शनिबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रत्नपार्कमा ‘प्रधानमन्त्री’ले ओली एक्सप्रेस गुडाए !

काठमाडौं । काठमाण्डौको रत्नपार्कमा शुक्रवार  ‘प्रधानमन्त्री’ले ओली एक्सप्रेस गुडाएका छन । प्रमुख प्रतिपक्षी कांग्रेसको विद्यार्थी संगठन नेपाली विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंग्य गर्दै प्रदर्शन गरेको हो ।
नेवि संघले शुक्रबार ‘नक्कली प्रधानमन्त्री केपी ओली’ लाई रत्नपार्कमा उपस्थित गराएर ‘नक्कली पानीजहाज’ गुडाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै पानी जहाज हुने बताएका थिए । यसप्रति व्यंग्य गर्दै नेवि संघले केही दिन अघि बालुवाटारमा नै कागजको पानी जहाज प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्