Logo
१३ बैशाख २०८१, बिहीबार
(May 27, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतले बनायो दसगजामा एकतर्फी पक्की सडक


नेपालगन्ज । अन्तर्राष्ट्रिय नियमविपरीत भारतले एकतर्फी रूपमा दसगजामा जोडेर कालोपत्रे सडक बनाएको छ। सीमा सुरक्षा बल एसएसबीको निगरानीमा भारतले दसगजामा जोडेर कालोपत्रे सडक बनाएको छ । सडकले नेपालगन्जलगायत बाँकेको ठूलो भूभाग डुबानको जोखिममा परेको छ । 
बहराइच जिल्लाको जानकीदेखि शिवपुरुवासम्म अर्थात् लक्ष्मणपपुर ब्यारेजबाट पश्चिम साइगाउँसम्म २१ किलोमिटर पिच सडक निर्माण कार्य सकिएको छ । उक्त सडकरूपी बाँधका कारण गत वर्षदेखि डुबानमा पर्दै आएका हिरमिनिया- ९ कालाबन्जरका राधेश्याम मौर्यले तीन वर्षअघि निर्माण थालिएको सो सडक कालोपत्रे भइसक्न लागेको बताए ।
आफ्नो क्षेत्रलाई डुवानबाट बचाउन, हामीलाई डुवाउदै छ भारत मौर्यले भने ‘बाध बनाएपछि हाम्रो तिर डुबाउन थाल्यो’ यस बर्ष पनि बर्षा लाग्यो अब फेरी डुवान हुन्छ। बाँके प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ समेत सडक रुपी बाधमा कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी आएको बताउँछन । लक्ष्मणपुर व्यारेजबाट पुर्व तर्फ बाँधको छेउ छेउबाट समेत सो सडक बनाइएको छ । सो सडक निर्माणले नेपालबाट जाने पानीको प्राकृतिक वहाव रोकर नेपाली भुमि डुवाउन थालेको छ।  
हिरमिनिया, भवानीयापुर, पिप्रहवा, जयसपुर, राधापुर, साइगाउँमा डुवानको जोखिममा परेको छ भने नेपालगन्जमा डुवानको प्रत्यक्ष असर पर्ने छ । यो सडकले नेपालका तर्फ बहने किरन नाला, बढैया नाला, शिवपुरुवा नाला,सुतैया नालाको प्राकृतिक वहावालाई रोक्ने भएको छ ।  उता कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधले बाँकेको होलिया, वेतहनी, फत्तेपुर,गगापुर, मटैया लगायतका गाविस प्रत्येक बर्ष डुवानमा पदै आएका छन ।
भारतले सिमामा बनाएको सडकले नेपालगन्ज उपमहानगरपालिका सहित जिल्लाका १७ गाविस डुवानमा पर्ने वितरण स्थानिय प्रशासनले गृह मन्त्रालय देखि भारत सरकारसम्म जानकारी गराइसकेको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्ला दैविक प्रकोप उद्धार समितिले बाध रुपी सडक निर्माण रोक्नु पर्ने निर्णय गरि गृह मन्त्रालयलाई पत्राचार गरेको जानकारी दिए । 
गृह मन्त्रालयले परराष्ट्र मन्त्रालय हुदै भारत सरकारलाई समेत सो जानकारी गराएको प्रजिअ पन्थले बताए। हामीले स्थानिय प्रशासनबाट गर्ने जति गरेका छौ, भारत सरकारलाई जानकारी भइसकेको छ तर उताबाट कुनै राय प्रतिक्रिया आएको छैन, निर्माणको काम रोकिएको छैन प्रजिअ पन्थले भने -हालै बाँकेमा आएका सिचाई सचिब र सिचाइ विभागका निर्देशकलाई समेत जानकारी गराएका छौ , अब हुने सह सचिव स्तरको सयुक्त बैठकमा सो विषय उठाउने भन्नु भएको छ। 

प्रकाशित मिति: May 27, 2016

प्रतिक्रिया दिनुहोस्