Logo
१२ बैशाख २०८१, बुधबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईँदै

अमृत पौडेल, काठमाडौँ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट सुरु भएको गणतन्त्र दिवसले आज सातौँ बसन्त पार गर्दै आठौँ वर्षमा प्रवेश गरेको छ।
तत्कालिन राज ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई नै फिर्ता गरेको घोषणा सँगै दलहरु संविधानसभाको निर्वाचनमा होमिएका थिए । वि.सं. २०६२/०६३ सालको जनआन्दोलन पछि पनि देशलाई गणतन्त्रमा लैजाने कि नलैजाने भन्नेमा राजनीतिक पार्टीहरूबीच विवाद थियो । वि.सं. २०६४ सालको चैत्रमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि बसेको संविधानसभाको पहिलो बैठकले केही विवाद र दबाबका बीच देशलाई गणतन्त्र घोषणा गरेको थियो।
२०६४ सालको संविधानसभाले संविधान जारी गर्न नसकेपछि पुन २०७२ सालमा भएको दोस्रो संविधानसभाले संविधान जारी गर्न सफल भएको छ। अहिले आठौँ वर्षमा टेकेको संघीय लोकतान्त्रिक गणतन्त्रसँग नेपालको नयाँ संविधान, सात प्रदेश छन् भने गणतन्त्र स्मारक बनाउनका लागि तयारी पनि तिब्र भएको छ ।

राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुनुहुने छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ ।
राष्ट्रपतिले नवौँ गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवम् जलपान समारोहको आयोजना गर्नुभएको छ ।

विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् । गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष जेठ १५ गते नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्