Logo
१५ बैशाख २०८१, शनिबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट: हेपिएका पूर्व उपराष्ट्रपति परमानन्द झाको प्रतिक्रिया यस्तो !

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झा गणतन्त्र दिवसको कार्यक्रममा सहभागि नभै हिडेका छन् । गणतन्त्र दिवसको अवसरमा शनिबार बिहान सैनिक मञ्च टुँडीखेलमा पुगेका उनी आयोजित कार्यक्रम बहिस्कार गरेका हुन् ।
आफूलाई बस्ने ठाउँको व्यवस्था नगरिएकोमा उनी रिसाएर फर्किएका हुन् । पूर्वउपराष्ट्रपति परमानन्द झा मन्चको कुर्सीमा आफ्नो नाम नदेखे पछि एक छिन टोलाएर आफ्नो निवास तर्फ लागेका हुन् । मैल मन्चका कुर्सीहरुमा सबै बिशिश्टहरुको नाम देखे मेरो नाम कतै थिएन अनि अर्काको कुर्चिमा बस्ने कुरा भएन न्यूज अप्रेशनसँग भने ।
निवास फर्किने बेलामा गेटका सुरक्षाकर्मीलाई हामी ठाउँ मिलाउछौं भन्दै थिए, अव यती बेला के ठाउँ मिलाउनुहुन्छ भन्दै म फर्किए उनले भने । गेटका सुरक्षाकर्मीलाई गणतन्त्र दिवसको शुभकामना दिए म फर्किए अहिले निवासमा आराम गरेको छु. उनले थपे ।
सरकारले गणतन्त्र दिवसको अवसरमा टुँडीखेलमा औपचारिक समारोहको आयोजना गरेको छ ।  समारोहमा राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी ओली , उपराष्ट्रपति नन्दबहादुर पुन,  सभामुख ओनसरी घर्ती  लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थति देखिएको छ ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्