Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भण्डारीको कार्यक्रममा पनि पुर्व–उपराष्ट्रपति झा नजाने

काठमाण्डौ । पुर्व उपराष्ट्रपतिले गणतन्त्र दिवसको अवसरमा आफूलाई बोलाएर टुँडिखेलमा आयोजित कार्यक्रम अपमानित गरिएको भन्दै राष्ट्रपति बिद्यादेवी भण्डारीको कार्यक्रममा आफू नजाने स्पष्ट पारेका छन ।

गणतन्त्र नेपालका पहिलो उपराष्ट्रपति परमानन्द झाले फेरी अपमानित हुन आफू राष्ट्रपति भण्डारीको कार्यक्रममा नजाने बताए । 

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले आज दिउँसो शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेकी छन् ।
शनिबार बिहान टुडिखेलमा आयोजित  कार्यक्रममा झाले आफूमाथि अपमान गरिएको भन्दै सरकारी अन्य कार्यक्रममा नजाने बताए । कार्यक्रममा बोलाएर बस्न सिट समेत नदिएको उनको गुनासो छ ।
टुँडिखेलमा जस्तै अपमान राष्ट्रपति भवनमा पनि दोहोरिन सक्ने भएकाले आफू नजान लागेको उनले बताए ।

प्रकाशित मिति: May 28, 2016

प्रतिक्रिया दिनुहोस्